१८ वर्ष देखि मृत्यू कुर्दै ओढारमा बसिरहेकी ८४ बर्षीय गोलाको मन छुने जीवनकहानी(भिडियो सहित)


सिमीकोट, |समाजमा बाच्नको लागी हरेक गर्नुपर्छ तर कहिलेकाहिँ यस्तो बिडम्बना बनि दीको रहेछ बाच्नको लागी जसले संघर्ष गरीरहेको हुन्छ उसैलाई भगवानले अनेक किसिमको दुख दिदा रहेछन् | यस्तै भयो हुम्लाकी यी बृद्ध महिलाई पनि जसको कथाले आखा रसाउछ जो कोहीको पनि |

सुन्दा नै निकै बिरक्त लाग्ने यो कष्टकर दैनिकी हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नम्बर ८ अन्तरगत खोल्सी माइत भएकी ८४ वर्षीया गोला शाहीको हो। शरीरमा कुष्ठ रोग झाँङ्गीदै गएपछि १८ वर्षअघि गाउँदेखि आधा घण्टाको दुरीको ढुङ्गे ओढारमा बस्दै आउनु भएकी शाहीले यसरीनै दिन रात बिताइरहनु भएको छ।


आँखाभरी आँसु। चाउरी परेको अनुहार। घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा। घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते। हातमा बाला। शरीरमा फाटेका लुगा। नत गास नत बास नै १ वर्षाको झरी र हिउँदको माइनस २० डिग्री भन्दा माथीको चिसो जस्तो सुकै मौसममा पनि अँध्यारो ओढार भित्र वृद्धा गोलाको दिनचर्या चलिरहेको छ।पतिको मृत्यु पछि वेसाहारा हुनु भएकी ८४ वर्षीया गोलाले आफू १८ वर्षदेखि ओढारमा बस्दै आएको बताउनुभयो। ठ्याक्कै कुन सालदेखि आप्mनो ओढारको वास शुरु भएको बारेमा एकिन नभएपनि ओढार देखि ५० मिटरमाथि २०५७ सालमा स्थापना भएको सत्य प्राथमिक विद्यालय आफू ओढारमा बसेको एक वर्षपछि स्थापना भएको उहाँलाई सम्झना छ।

बाकी भिडियोमा हेर्नुहोस :


Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment