दिलमायाको पेटबाट ३५ किलोको टुयुमर निकालेर चिकित्सकहरुले देखाए चमत्कार (भिडियो सहित)

काठमाडौं,असार २४ । त्रिवि शिक्षण अस्पतालमा एक महिलाको पेटबाट ३५ किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाका माध्यमले झिकिएको छ । अस्पतालको दाबीअनुसार पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको यति ठूलो ट्युमरको मुलुकमा यो पहिलो सफल शल्यक्रिया हो । ‘मुलुकमा पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको ३५ किलोग्रामको ट्युमरको यो पहिलो सफल शल्यक्रिया हो,’ अस्पतालका स्त्री तथा प्रसूति रोग विभागकी प्रा.डा.आश्मा राणाले भनिन् । शल्यक्रिया गर्नुअघि गाँठोलाई विभिन्न अंगबाट छुट्याउन उचाल्नु पर्दा डाक्टरहरूलाई हम्मे परेको थियो । ‘अस्पतालमा भएका विभिन्न विभागका चिकित्सकको सामूहिक परामर्श, सहकार्य र संलग्नताले यो जटिल शल्यक्रिया सफल भएको हो,’ डा।राणाले शल्यक्रिया हुँदा विभिन्न अंगबाट छुट्याउने क्रममा उक्त गाँठोलाई चार जना डाक्टरले मिलेर उचाल्नुपरेको बताइन् । ६ वर्षदेखि पेट फुल्ने, दिसापिसाब गर्न गाह्रो हुने समस्याबाट पीडित ती महिलाको एक वर्षयता पेट धेरै फुल्न थालेको थियो । करिब ६ महिनादेखि उनलाई हिँड्डुल, खानपान जस्ता दैनिक क्रियाकलाप गर्नसमेत गाह्रो भएपछि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment