प्रहरीले घेरा हालेपछि एक यूवा कालिगण्डकीमा हाम फाले


कुश्मा—बागलुङको सीमा मालढुंगामा मंगलबार राती ४१३ नम्वरको ट्याक्सीमा चरेश ल्याउदै गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्ने क्रममा एक व्यक्ति भागेर बेपत्ता रहेका छन । कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको २४ घण्टा वितिसक्दा पनि प्रहरीले खोजी नगरेको भन्दै आफन्जहरुले सडक अवरुद्ध गरेका हुन ।

बानपा ३ बस्दै आएका सुनिल पुनलाई गत राती प्रहरीको नियन्त्रणबाट भाग्दै कालीगण्डकीमा हाम फालेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए ।

‘बेपत्ता व्यक्तिको खोजी भइरहेको छ । अहिलेसम्म पत्ता लागेको छैन ।’ डिएसपी खड्काले भनेँ । प्रहरीले दुवै तर्फबाट घेरा हालेपछि पुन कालिगण्डकीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेका अन्य दुईजनाबाट अनुसन्धान भइरहेको छ । घटनास्थल आसपासका क्षेत्रमा आफन्तले समेत खोजीकार्य गरेपनि बुधबार साँझसम्म पुनको अवस्था पत्ता लाग्न सकेको छैन् ।

दुई व्यक्ति प्रहरी नियन्त्रणमा

ट्याक्सीमा सवार अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बेपत्ता व्यक्ति प्रहरी नियन्त्रण पर्ने डरले मालढुंगासम्म पुगेको प्रहरीको अनुमान छ । ‘कालीगण्डकी नदीको तिर सम्म पुगेको हो । पछ्याउँदै जाँदा काली तर्न खोजेको थियो रातको समय भएकाले बग्यो या डुव्यो भन्ने पत्तो लागेन ।’ डिएसपी खड्काले बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान लागू औषध प्रहरीले बरामद गरेको छ ।

कुश्मा देखि मालढुंगामा सवारी जाम

सडक अवरुद्ध भएपछि कुश्मा देखी बागलुङसम्म चल्ने सवारी बीचमै रोकिएका छन । चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहल गरिरहेको छ । अहिले आफन्तजन समक्ष छलफल र पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आफन्तले सहज रुपमा पक्राउ गर्न सकिने आधार हुदाँ हुदै जवरजस्ती हामफाल्ने अवस्था बनाएको आरोप लगाएका छन । घेराबन्दी गरेर कालिगण्डकीमा हाम फाल्ने अवस्था सृजना गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment