(SEE) एसइइको नतिजा सार्वजनिकको अन्तिम तयारी एक साताभित्र सार्वजनिक गर्ने


 भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।

एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिइन ।

उनले भनिन्, ‘जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गछौँ, नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस भनेर काम भइरहेको छ ।’

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका (एलएलसी) भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी थिए ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment