मेरी श्रीमतीलाई सन्तुष्टि प्राप्त हुँदैन अनि उनी गुनासो गर्छिन् । यसको समाधान के होला ?



प्रश्न : म अहिले २६ वर्षको भएँ । मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो एउटा छोरा चार वर्ष पुग्दैछ । श्रीमतीसँग सम्पर्क गर्दा म १०–१५ मिनेटमै पर्याप्त आनन्दित भै शिथिल हुन्छु तर मेरी श्रीमतीलाई सन्तुष्टि प्राप्त हुँदैन अनि उनी गुनासो गर्छिन् । यसको समाधान के होला ?

असमान यौनेच्छा
दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनु अर्थात् अनमेल वा असमान यौनेच्छा (mismatched libido) ले वैवाहिक तथा यौनजीवनमा असजिलो सिर्जना गरेको पाइन्छ । धेरैजसो स्थितिमा यस्तो अनमेल यौनइच्छाको दोष आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीलाई नै दिइएको पाइन्छ । दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रूपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुन सक्छ । यो कुरा के–कस्ता विषयले व्यक्तिलाई उत्तेजित तुल्याउँछ, यौनसम्पर्क कत्तिको सुखदायी हुने गरेको छ देखि लिएर यौनभन्दा बाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्ममा भर पर्छ । तपाईंले मानव प्रतिक्रिया चक्रमा पुरुष तथा महिलाबीच विद्यमान केही भिन्नता एवं महिलाले कसरी यौन सुख प्राप्त गर्छन् भन्ने कुरा बुझ्नुभयो भने तपाईंहरूलाई यौनसुख प्राप्त गर्न सहयोग मिल्छ ।

मानव यौन प्रतिक्रिया
विवाहित जीवनको एउटा महत्त्वपूर्ण पाटो सुखद यौनजीवन पनि हो । यौनसम्पर्क होस् वा अन्य यौन क्रियाकलाप ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एउटा जटिल प्रक्रिया हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणाली अनि मस्तिष्कले । यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरा हेर्दा हाम्रो शरीरमा केही परिवर्तन एक निश्चित प्रकारले भएका देखिन्छन् । यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रिया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र (human sexual response cycle) भनिन्छ र यही प्रतिक्रियाअनुरूप हामीले यौन चरमसुख प्राप्त गर्छाैं ।

यो चक्रको पहिलो चरणलाई उत्तेजनाको चरण (Excitement Phase) भनिन्छ भने त्यसपछिको चरणलाई एबितभबग एजबकभ भनिन्छ । तेस्रो चरण चरमसुख (इचनबकm एजबकभ, अर्गाज्म फेज) हो भने अन्तिम चरण च्भकयगितष्यल एजबकभ (रिजोलुसन फेज) हो । प्लाटो फेजमा भएको यौन कतष्mगबितष्यल निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ र यतिबेला प्राप्त गर्ने यौनसुख नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख हो र यसैलाई चरमसुख भनिन्छ ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तैपनि केही कुरा भने फरक हुन्छ । यदि चरमसुखको चरणपछि पनि यौन Refractory Period निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्ट भन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो । पुरुषले चरमसुख प्राप्त गरेर पुरानै अवस्था फर्किएपछि केही समयका लागि उसलाई यौन रूपमा उत्तेजित गर्न सकिंदैन । यता महिलाले भने यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।

समाधानका लागि के गर्ने ?
तपाईंको सम्बन्धमा सबैभन्दा राम्रो कुरा त आफूलाई सन्तुष्टि नभएको कुरा तपाईंकी श्रीमतीले भन्न सक्ने वातावरण छ र उहाँले तपाईंसँग गुनासो पनि गर्नु भएको छ । तपाईहरू दुवैले प्रयास गर्नुभयो भने यो समस्याको समाधान टाढा छैन । तपाईंको यौनसम्पर्कको समयलाई राम्रो मान्न सकिन्छ, किनभने सालाखाला समय योभन्दा कम हुन्छ । यसरी पर्याप्त समय भए पनि दुवैले एकसाथ यौन चरम सुख प्राप्त गर्छन् भन्ने छैन । आलोपालो गरेर कुनै यौनसम्पर्क तपार्इंको यौनसुख प्राप्तिमा केन्द्रित गर्नुभए हुन्छ भने केही तपाईंकी श्रीमतीको । अब श्रीमतीलाई कसरी यौनसुख दिने भन्ने विषयमा केही चर्चा गरौं ।

श्रीमतीलाई यौन सुख दिने उपाय
महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि, स्तन तथा अन्य यौन संबेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोगसमेत गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा लिङ्ग योनिमा पसाउनुभन्दा पहिले पर्याप्त समय पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत मिल्छ । चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन ।

पुरुषहरू यौन चरमसुख प्राप्त गरेपछि refractory period फेजमा पुग्छन् अनि कतिपय पुरुष खुरुक्क लिङ्ग योनिवाट झिकेर अर्कातिर कोल्टे परेर सुत्छन् । यद्यपि लिङ्ग शिथिल भयो भन्दैमा यौन क्रियाकलापलाई रोक्नुपर्छ भन्ने छैन । यतिबेला आफ्नी श्रीमतीको भगांकुर होस् वा अन्य कुनै यौन संवेदनशील अङ्ग चलाएर यौन उत्तेजनालाई चरमसुखमा नपुगेसम्म निरन्तरता दिन सकिन्छ । महिलाले यौन चरमसुख प्राप्त गर्न थालेपछि गुनासो गर्ने ठाउँ रहँदैन ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment