ओमानमा साहुले मारेर जङ्गलमा फाल्छु भन्छ, कसरी फर्किनु नेपाल , उनलाई सकुशल फर्काउन पहल स्वरुप एक सेयर गर्नुहोस ।

गएको ८ महिनादेखि ओमानको सुब्री भन्ने ठाउँमा स्थानीय ओमानी नागरिकको घरमा कार्यरत छु । रोजगारीका लागि दुवई भनेर आएपनि मलाई दलालले ओमानमा ल्याईपुर्‍याएका हुन् । मेरो घर सुलुखुम्बुको सावा र माइत ताप्लेजुङ हो ।

५ वर्ष पहिलेदेखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्थें । म खास रोजगारीका लागि घरेलु काममा दुवई जान चाहेकी थिएँ । तर मलाई दलालले ओमानमा ल्याएर विचल्लीमा पारेका छन् ।
नेपालबाट पठाउने मेनपावरको नाम थाहा छैन । तर मलाई यहाँसम्म ल्याउने दलाल गोपाल ढुंगाना, रबि राई र सोनाम मगर हुन् । उनीहरुको फोन नम्बर पनि मसँग छ ।
दुबईमा भएकी दिपा बिकले केही दिन राखेर मलाई ओमान ल्याईएको थियो । यहाँ एक जनाको मात्रै होइन ५/५ जना ओमानी नागरिकको घरमा काम गर्नु पर्छ । पाँचवटा परिवारको स्याहार सुसार गर्दा मानसिक तनावमा छु । तलव महिनाको २४ हजार रुपैयाँ (ओमानि रियाल ९० ) हुन्छ । त्यो पनि नियमित दिँदैनन् ।


मलाई तत्काल नेपाल फर्किन मन छ । तर घर मालिकले पैसा नबुझाई फर्किन दिँदैन । उसले भन्छ मलाई ल्याउँदा झण्डै चार लाख ३० हजार रुपैयाँ (ओमानि रियाल १६००) खर्च भएको छ त्यस मध्ये झण्डै दुई लाख ६७ हजार रुपैयाँ (ओमानी रियाल १०००) तिर्नुपर्छ । तेत्रो पैसा कहाँबाट तिर्नु मैले ।
मोवाइल चलाउन दिएपनि रिचार्ज किन्न जान दिँदैन । अहिले सम्म मैले नेपाली संघसंस्था र दूतावासको सहयोग लिन सकेको छैन । मालिकले कसैलाई यो कुरा सुनाए मारेर जङ्गलमा फालिदिन्छु भन्छ । त्यो डरले कसैलाई भन्न पनि सकेको छैन ।
श्रीमानको १६ वर्ष पहिले ज्यान गयो । त्यसपछि तीन छोराको पालन पोषण गर्ने दायीत्व मलाई मात्रै भयो । अनि विदेशिन वाध्य भएँ । अव मलाई नेपाल फर्काउन पहल गरिदिनुहाेस् न ।
निमा शेर्पाको भोगाई हामीले उज्यालोको फेसबुक पेजमा अाएकाे म्यासेजबाट लिएका हौं ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment