रङ नम्बरका कारण एसिड हमलाकी पिडितले भेटिन् जीवन साथी

मुम्बई, जेठ १२ – भारतमा एसिड हमलाकी पिडित ललिता बेन बन्सीले यसै हप्ता विवाह गरेकी छिन् ।

थानेमा भएको विवाह समारोहमा हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनिन्, ‘एसिड हमला, त्यसपछि १७ वटा अपरेसन । कसले सोचेको थियो होला मैले पनि माया पाउँछु भनेर ? तर, यो सम्भव भयो ।’

उनले आफ्नो जीवन साथी रवि शंकर भेट्टाउनु पछाडि पनि रोचक कहानी छ । समाचारमा उल्लेख भए अनुसार एउटा रङ नम्बरको कारण दुवैको भएको थियो ।
२६ वर्षीय ललितालाई सन् २०१२ मा आफ्नै परिवारका सदस्यले एसिड प्रहार गरेका थिए । त्यसपछि पनि माया पाउनु उनी चमत्कार भएको बताउँछिन् ।विवाह समारोहमा विवेक ओबेरोयलगायत कयौँ बलिउड कलाकारहरु उपस्थित थिए । विवेकले रविलाई ‘असली हिरो’ को संज्ञा दिए । उनले ललितालाई उनको असली हालतमा माया दिएकोमा तारिफ गरे ।

‘मलाई शुरुदेखिनै उनी मनपर्यो,’ सिसिटीभी कम्पनीमा काम गर्ने २७ वर्षीय रवि भन्छन् ।

भारतमा हरेक वर्ष १ हजारभन्दा बढी एसिड हमला हुने गरेका छन् । जसमध्ये धेरै मामिला प्रहरीसम्म पुग्दैन ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment