ससुराले बलात्कार गर्न खोजे, जेठाजुले भारत लएर बेच्न आँटे’ (यी पापीहरुलाई तपाई के भन्नु हुन्छ )?

बैतडी, चैत ४ – बैतडीको सिगास गाउँपालिका गाजरीकी राजु धामी तीन वर्षकी छोरी काखमा बोकेर न्यायको खोजीमा सदरमुकाम पुग्नुभएको छ । उहाँ परिवारले घरमा बस्न खान नदिएको भन्दै महिला तथा बालबालिका कार्यालय पाटनमा आउनुभएको हो ।पोइलीघरमा सासु, ससुरासहित सबै घर परिवाले खान बस्न नदिएपछि आफूलाई समस्या भएको उहाँले दुःखेसो गर्नु भयो । उहाँ अहिले बैतडीको पाटनमा रहेको सेफहाउसमा बसिरहनुभएको छ ।

२०६९ सालमा मागी बिहे गरेर लगेका श्रीमानले बिहे गरेको एक वर्ष पछि साथमा छोरी हुँदा छोडेर कामका लागि भारत पसेका हुन् । श्रीमान् नहुँदा ससुराले आफूमाथी बलात्कारको प्रयास गरेको उहाँले दुःखेसो पोख्नुभयो ।श्रीमान् घरमा नहुँदा राती पनि आफू कहिल्यै आनन्दले बस्न नपाएको उहाँले बताउनु भयो । ‘ससुरा भनेको त बुवा सरह हुन्छन् भन्ने सुनेको थिएँ तर मलाई भने ससुराले नराम्रो व्यबहार गर्दा पोइली घर छोडेर माइती घरमा बसेको छु’ उहाँले भन्नुभयो ।पोइलीघर छोडेर माइतीमा बस्दा समाजका मान्छेले समेत नानाथरीका कुरा काट्ने गर्दा मर्नु न बाँच्नु जस्तो भएको उहाँले बताउनु भयो । ‘मरम भनेपनि कसरी मर्नु तीन वर्षकी छोरी छ, बाँचम भने पनि कुनै आधार छैन । एकातिर घरपरिवारको पीडा अर्कोतिर समाजले मलाइ हेर्ने दृष्टीकोण’ धामीले गहभरि आँसु पार्दे भन्नुभयो ।



आफू माइती बसेको केही समयपछि कान्छो ससुराको छोराले माइती बस्न हुँदैन श्रीमान् कहाँ पुर्‍याइदिन्छु भन्दै आफूलाई भारतमा लगेर बेच्ने प्रयास गरेको उहाँले बताउनु भयो । श्रीमान् खोज्न सहयोग गर्छु भन्दै भारत लगेको जेठाजुले दार्चुलाको सिमानाका धार्चुलाको तवाघाटमा आफैसँग ६ महिना राखेर उल्टै आफूलाई लुटेको उहाँले बताउनु भयो ।घरभन्दा बाहिरको संसार थाह नपाएकी धामीले आफूलाई यो दिल्ली हो तिम्रो श्रीमानलाई खोज्दैछु भनेर ५ पाँच महिनासम्म आफैसँग राखेर बलात्कार गरेको उहाँले बताउनुभयो ।

आफूसँग जबरजस्ती गरीसकेपछी आफ्नो शरीरमा मट्टीतेल छर्केर आगो लगाउन खोज्दा आफूले कोलाहल गरेपछि बजारका बासिन्दाले थाह पाएपछि आफू बाँच्न सफल भएको उहाँले बताउनु भयो । अन्य बजारका मान्छेले आफूलाई बचाएपछि आफू नेपाल पर्कन सफल भएको उहाँले सुनाउनुभयो ।आफूलाई घरपरिवारले दिएको पीडा र जेठाजुले गरेको नराम्रो व्यबहारविरुद्ध प्रहरी चौकी गाजरी र खोड्पेमा दुई पटक उजुरी दिएको बताउँदै उहाँले प्रहरीचौकीमा गएर घरपरिवार सासुरा, जेठाजुले अबदेखि यस्तो व्यबहार गर्दैनौँ भनेर माफी मागेको भए पनि घरपरिवारले त्यस्तै व्यबहार गर्न नछाडेको उहाँले बताउनु भयो ।

श्रीमानलाई खोजेर जिम्मा लगाइदिन्छु भन्ने जेठाजुले आफैमाथि जबरजस्ती गरेर आफूलाई भारत लगेर बेच्न लागेको भन्दै उहाँले मानब बेचबिखन विरुद्धको मुद्धा हाल्ने बताउनु भयो । ‘आफ्नो घरभन्दा बाहिर पोइली घरमात्रै देखेकी म श्रीमानकँहा पुगाउँछु भनेर जेठाजुले भनेपछि पहिलोपटक शहरबजारमा पाइला टेकेको हुँ, त्यो ठाउँबाट मलाई निस्कन गाह्रो भएको थियो’ उहाँले भन्नुभयो ।पोइली घरमा ससुराको दुव्र्यबहार खेपेकी आफूलाई जेठाजुले पनि दुव्र्यबहार गर्दा सहन नसक्नुको पीडा भएको उहाँले सुनाउनुभयो । तीन वर्षकी छोरी आफैसँग बोकेकी धामीले श्रीमान अहिलेसम्म कहा छन् भन्ने कुरा थाह नभएको बताउनु भयो ।

बैतडी जिल्लामा महिलामाथि विभिन्न किसिमका हिंसा धेरै हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाएरले बताउनु भयो । जिल्लाको च्वागड क्षेत्रका महिलामाथि विभिन्न किसिमका हिंसा हुने गरेको भए पनि उनिहरु सहेर बस्ने गरेको उहाँले बताउनु भयो ।आफूमाथि हिंसा हुँदा न्यायको लागि कुन ठाउँ जानुपर्छ भन्ने थाह नपाएर पनि यस्ता घटना कमैमात्र बाहिर आउने गरेको बुढाएरले बताउनु भयो । चालु आर्थिक वर्षमा पनि महिला तथा बालबालिका कार्यालयमा विभिन्न किसिमका महिला हिंसाका १० वटा मुद्दा दर्ता भएका उहाँले बताउनु भयो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment