संयोग कि नियतः काँग्रेस, एमाले र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारको नाम एउटै

मंगलसेन, १६ जेठ, नाम जुध्नुको संयोग होला कि नियति ! दुवै हुन सक्छ । भएको छ त्यस्तै ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा वडाध्यक्ष उम्मेदवारमा शीर्ष तीन दलले एउटै नाम भएका ब्यक्तिलाई अघि सारेका छन् ।

मेल्लोख गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवारमा कांग्रेस, एमाले र माओवादी केन्द्रले खगेन्द्र साउद नाम गरेका व्यक्तिहरूलाई अघि सारेका हुन् ।

अचम्मको कुरा के भने तीनैजना खगेन्द्र दाजुभाइ हुन् । तीन उम्मेदवारमध्ये एमालेबाट टिकट पाउने खगेन्द्र सबैभन्दा जेठा हुन् भने माओवादी केन्द्रबाट टिकट पाउने माइलो तथा कांग्रेसबाट टिकट पाउने कान्छो ।

तीनै खगेन्द्रको उपनाम पनि एउटै छ, खगी । गाउँमा उनीहरूमध्ये एमालेबाट टिकट पाउनेको टोलको नाम जेठारुम्टी, कांग्रेसबाट टिकट पाउनेको पान्लावाणी र माओवादीबाट टिकट पाउनेको टोलको नाम ठेकघरी भनेर चिन्ने गरिन्छ ।

एमालेबाट टिकट पाउने जेठा, माओवादीबाट टिकट पाउने माइला र कांग्रेसबाट टिकट पाउने कान्छा बाजेतर्फका नाति हुन् ।

तीनैजना उम्मेदवारको नाम एउटै भएपछि वडामा जुन पार्टीले जिते पनि खगेन्द्रले नै जित्ने निश्चित भएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment