बजेट भाषण : क्यान्सर, मुटुरोग, मृगौला उपचार निःशुल्क


काठमाडौं – अर्थमन्त्री कृष्णबहादुर महाराले ३ बर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा कार्यक्रम ल्याइएको बताएका छन् । ब्यवस्थापिका संसदमा आर्थिक बर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्दै मन्त्री महराले डायलिस सेवा, क्यान्सर, मुटु, मृगौला रोगको निःशुल्क उपचार गरिने ब्यवस्था गरेको बताएका छन् । म स्वस्थ, मेरो देश स्वस्थ अभियानलाई निजी तथा सरकारी अस्पतालसँग समन्वय गरेर अघि बढाउने उनको भनाई छ ।
वीर अस्पतालाई अन्र्तराष्ट्रिय स्तरको बनाउने, प्रदेश स्तरका अस्पतालको सेवा बिस्तार गर्ने, स्वदेशमै जडिबुटीबाट औषधी उत्पादनलाई प्रोत्साहन दिने, जनस्वास्थ्य बिधेयक अघि बढाउने, औषधी ऐन २०३५ मा परिमार्जन गर्ने, सरकारी छात्रबृत्रीमा एमडी गर्नेले ग्रामिण क्षेत्रमा गएर निःशूल्क उपचार गर्ने ब्यवस्थालाई निरन्तरता दिएको बताएका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment