दुखत घट्ना दुवईमा नेपाली चेली रिता वाइवाको हत्या, हत्या आरोपमा बुले तामाङ पक्राउ

युएई, जेठ १५- दुवईमा एक नेपाली महिलाको हत्या भएको छ । पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककी रिता वाइवाको गएको शनिबार दुवईमा हत्या भएको हो । २० बर्षिय वाइवा दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा रहेको एक भारतिय नागरिकको घरमा कामगर्दै आएकी थिईन ।हत्या आरोपमा सोही क्षेत्रमा कार्यरत नेपाली पुरुष पक्राउ परेका छन । पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककै बुले तामाङ पक्राउ परेका हुन् । हत्यापछि वाइवाको शव बुले तामाङ कार्यरत घरको पछाडी भेटिएको थियो ।मामा भनिने बुले तामाङ अघिल्लो साता घरविदामा भारतको दिल्लीमा रहेका परिवारलाई भेट्न गएका थिए । बिदाबाट फर्किंदा तामाङले वाइवाको प्रेमीको कागजपत्र ल्याइदिएका थिए । वाइवाले ती प्रेमीसँग केही महिना अघी इङ्गेजमेन्ट गरेकी थिइन् । त्यसैले आफ्नो प्रेमीलाई दुवई बोलाउन पासपोर्ट कपी लगायत अन्य कागजपत्र तामाङसँग मगाएकी थिइन् । त्यही कागजपत्र लिन वाइवा शनिबार तामाङ कार्यरत घरमा ट्याक्सी चढेर पुगेकी थिइन् ।

तामाङ पनि सोही क्षेत्रमा भारतिय नागरिककै घरमा घरेलु कामदारको रुपमा कार्यरत थिए । घरमालिकहरु अमेरिका घुम्न गएका बेला तामाङले वाइवालाई घरमै बोलाएका थिए । नाता नभए पनि उनीहरुले एक अर्कालाई मामा–भान्जी भनेर बोलाउने गर्दथे । वाइवा कागजपत्र लिन भन्दै तामाङको घरमा जानु अघि भारतमा रहेका प्रेमीसँग फोनमा कुरा भईरहेको थियो । प्रेमीका लागि राम्रो काम खोजेर भिसा लगाइदिने योजना बनाउँदै कागजपत्र पाएपछि फेरी फोन गर्ने बाचा गर्दै उनीहरु छुट्टिएका थिए ।कागजपत्र पाउलिन् र फेरी फोन गर्लिन् भनेर कुरेका प्रेमीलाई चार दिनसम्म न टेलीफोन आयो न त कुनै म्यासेज । चार दिनपछि अचानक वाइवा मृत अवस्थामा भेटिएको खबर आयो । त्यो पनि एमिरेट्स हिल्स बासस्थान वरपर सरसफाइ गर्ने कामदारहरुले मृतकको शव भेटाएर प्रहरीलाई खबर गरेपछि मात्रै ।हत्या आरोपमा नेपाली पुरुष पक्राउ नेपाली महिलाको हत्या आरोपमा नेपाली पुरुष नै पक्राउ परेका छन । पक्राउ परेका पुरुष पाँचपोखरी–३ सिन्धुपाल्चोककै ३२ बर्षिय बुले तामाङ हुन् । उनी आफुले हत्या नगरेको र आफुलाई कसैले फसाएको गुनासो गरेका छन् । तर उनी हत्यामा संलग्न भए नभएको भने पुस्टी भएको छैन । हाल तामाङलाई अनुसन्धानका लागि दुवईको अल अविरमा रहेको सेण्टर जेलमा राखिएको छ ।तामाङको परिवारमा ४ बर्षिय छोरी र श्रीमती छिन् । उनीहरु भारतको दिल्लीमा बसोबास गर्छन् । छोरीले पनि सोहीठाउँमा अध्ययन सुरु गरेकी छन् । पक्राउ परेका तामाङले आफु फसेको र कसैले फसाएको गुनासो आफुसँग गरेको श्रीमती ठूली तामाङले बताउनुभयो ।

युएईको कानून अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड सम्मको सजाय दिइने कानुनी व्यबस्था छ । मृत्युदण्ड सजाय सुनाएर अन्य विकल्प समेत आएमा ब्लडमनी वा आममाफी अन्यथा मृत्युदण्डनै हुनसक्ने सरोकारवालाको भनाई छ ।घटनामा ती व्यक्तिको संलग्नता भएको प्रष्ट प्रमाण नभेटिएपनि हत्या गरिएकी महिला बुले कार्यरत घरमा ट्याक्सी चढेर गएको सिसिटीभी फुटेजमा देखिएको दुवई प्रहरीले बताएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन । स्थानिय संचारमाध्यमले नेपाली महिला पुरुषकै नाम सार्वजनिक गरेको छैन ।घटनाबारे नेपाली दूतावास आबुधाबीले आधीकारीक जानकारी आइनसकेको जनाएको छ । ‘घटनाबारे थाहा त पायौं तर अधिकारिक जानकारी दूतावासलाई आएको छैन’–दूतवासका प्रवक्ता तथा दितिय सचिव कृष्ण अर्यालले भन्नुभयो ।उज्यालो
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment