मरेका जुम्ल्याहा बच्चाहरु छातीमा च्यापेर रोएका एक पिताको तस्बिरले विश्व रुवायो

सिरियामा भएको केमिकल ग्याँस आक्रमणमा मर्नेको संख्या दिनदिनै बढिरहेको छ । यस घटनाका एक पिडितले आफ्ना परिवारका २५ सदस्य गुमाएका छन् । अब्दुल हामिद योउसुफले भने,‘म उक्त आक्रमणका कारण चिर निन्द्रामा पुगेको रहेछु । जब होस आयो तब मैले सास फेर्न गाह्रो भएको महुसस गरे ।’आत्तिएको म ओछ्यानबाट हाम फाल्दै आफ्ना जुम्ल्याहा बच्चाहरु भएतिर दौडिए । उनलाई आश थियो कि उनका जुम्ल्याहा छोरीहरु जिउँदै रहेका छन् । बच्चाहरु जिउँदै देखेपछि उनले बच्चाहरुलाई लिएर आफ्नी श्रीमति भएको ठाउँमा गए र उनकै जिम्मामा छोडिदिए ।


उनी आफ्नो परिवारका अन्य सदस्यहरु भएतिर दौडन थाले । उनले बाटोमा हिड्दै गर्दा मानिसहरु सास फेर्न नसकेर लडेको देखे । मंगलबार उनीहरुको क्षेत्र नजिक लोकल बेकरीमा हवाइ आक्रमण भएको थियो । आक्रमण भएको क्षेत्रको केही दुरी नजिकमा नै योउसुफको घर रहेको थियो ।यो आक्रमणमात्र थिएन ।सिरियाका राष्ट्रपति बसर–अल–असदले केमिकल हतियार प्रयोग गरेर हवाइ आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । राति मानिसहरु सुतिरहेको अवस्थामा उक्त आक्रमण भएको बताइएको छ ।जब उनी आफ्नो परिवार भएको घर पुगे दुई भाइको मृत्यु भइसकेको देखे । आत्तिएका उनले हेर्दै जादाँ भाइहरुका श्रीमतिहरु र बच्चाहरु पनि मरिसकेका थिए ।
अत्तालिदै उनी पुन आफ्नै घर फर्किए । घरमा रहेका आफ्नी श्रीमति र बच्चाहरुको अवस्थाले उनलाई पिरोली रह्यो ।घर पुग्दा उनीहरुको मुखबाट गाँजहरु आइरहेको थियो भने उनीहरु अचेत भइसकेका थिए । भुइमा लडेका उनीहरुलाई देखेपछि म रुनकराउन थाले ।’ उनले सिएनएन मिडियासँग रुदै भने ।उनले भने ‘मेरो बच्चाहरु अहमद र आया तथा मेरी श्रीमति… सबै सहिद भए । मेरो पुरै परिवार सकिए ।’पिडितहरुमध्ये योउसुफकी पत्नी र बच्चाहरु उक्त केमिकल आक्रमणको सबैभन्दा ठुलो शिकार भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबारे अनुसन्धान भइरहेको बताइएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार हालसम्म मर्नेहरुको संख्या ७२ जनाभन्दा बढी रहेको छ।सिरियाका सैनिकहरुले केमिकल आक्रमणमा आफ्नो संलग्नताबारे अस्विकार गरेको छ ।योउसुफले भने,‘उक्त घटनादेखेपछि म बेहोस नै भए ।केही घण्टापछि हस्पिटलमा होस आयो ।होसमा आएपछि उनले भने,‘मेरो परिवारका २५ जना सदस्यहरु उक्त घटनामा मारिए । सबै सहिद भए ।’तर स्थानिय मिडियाले दिएको रिपोर्ट अनुसार उनको परिवारका १९ जना सदस्यहरु मारिएका छन् ।उनको पत्नी र जुम्ल्याहा बच्चाहरु मारिएकाहरुको सुचीमा रहेका छन् ।हाल उनले सिएनएनलाई दिएको अन्तर्वार्ता भाइरल भएको छ ।बुधबार उत्तर सिरियामा जम्मा मानिसहरुले मारिएका मानिसरुको अन्तिम संस्कार गरेका थिए ।
योउसुफले आफ्ना जुम्ल्याहा बच्चाहरुलाई लिएर रोएको दृश्यहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।अन्तिम संस्कार गर्दाको तस्बिर खिच्दा उनी आफ्ना सन्ताहरुलाई छातीमा च्यापेर रोइरहेका थिए ।‘म कराइ रहेको छु ।यो खुसीको आँसु हो । अब मेरा बच्चाहरु भगवानको जिम्मामा छन् । सिरियामा रहनुभन्दा त बरु भगवानको शरणमा भएकै राम्रो ।’‘मर्नेहरुमा मेरा बच्चाहरु पहिला होइनन् ।’ पिडाले विक्षिप्त भएका उनले भने ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment