नेपाली लाई तेसै बहादुर भनेको होइन बाघ संग लडाइँ जितेर ६० बर्षे भण्डारी घर फर्किए

गोरखा : आरुघाट गाउँपालिका ५ आर्बाङका सीताराम भण्डारी बघिनीसंगको लडाइँ जितेर घर फर्कनु भएको छ ।घाँस काट्न जंगल जाँदा सोमबार बिहान साँढे नौ बजे दूध चुसाउँदै गरेकी बघिनीसंग जम्काभेट भएपछि भण्डारीको भिडन्त भएको थियो ।


बघिनीसंगको लडाईँमा ६० बर्षे भण्डारी घाइते भएका स्थानीय स्वास्थ्यकर्मी राजकुमार रजकले जानकारी दिनुभयो । ‘उहाँको दुवै हात, खुट्टा र पेटमा चोट लागेको छ’ भण्डारीको उपचार गर्नु भएका आरुआर्बाङ स्वास्थ्यचौकीका सिअहेब रजकले भन्नुभयो ‘उपचार गरेपछि घर फर्किनुभएको छ ।’

भण्डारी बिहान साँढे नौबजे स्थानीय अम्लेघारी वनमा घाँस काट्न जानु भएको थियो । घाइते भण्डारीको भनाइ उद्धृत गर्दै सिअहेब रजकले भन्नुभयो‘बघिनी बच्चाहरुलाई दूध चुसाइरहेको रहिछ । एक्कासी झम्टियो । मैले टाढैबाट खुर्पा प्रहार गरे । खुर्पाले नलागेपछि दुवैको घम्साघम्सी भयो ।’ १०, १२ मिनेट लामो भिडन्तपछि बघिनी भागेको भण्डारीलाई उद्धृत गर्दै रजकले सुनाउनुभयो । ‘घाँटी मर्काइदिएपछि बघिनी भागेको रहेछ’ उहाँले भन्नुभयो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment