६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने एमाले अखिलका नेता पक्राउ

बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन् ।

कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–२ स्थायी घर भएका अशोक पौडेललाई ६ बर्षीया बालिकामाथि यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

सोमबार राती करिब ११ बजे माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी बालिकालाई बलात्कार गर्न लागेको देखेपछि स्थानियले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

‘पौडेलले बलात्कार प्रयत्न (रेप अटेम्ट) गरेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) घनश्याम अर्यालले भने, ‘जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्छौं ।’

पौडेल पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष समेत हुन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment