राती सुत्नुभन्दा अघि पार्टनरसँग बिर्सेर पनि नगर्नुहोस् यी पाँच कुरा

एजेन्सी
जेठ १६ – तपाईंकी श्रीमती होस् वा प्रेमिका, हरेक सम्बन्धमा केही कुराको ध्यान राख्न निकै जरुरी हुन्छ । तपाईंको सानो गल्तीले पनि सम्बन्धमा दरार ल्याउन सक्छ । तपाईं पनि यदि कुनै सम्बन्ध निभाइरहनुभएको छ भने यो खबर तपाईंको लागि हो ।

१. सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइलः

धेरैजसो मानिसहरु राती सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइल चलाउने गर्दछन् । जसका कारण पनि तपाईंहरु बिच मनमुटाव हुनसक्छ । रातको समय आफ्नो पार्टनरसँग मात्र बिताउनुहोस् । यसो गर्दा तपाईंहरु बिचको दूरी कमी हुनेछ र तपाईंहरु बिच प्रेम बढ्नेछ ।

२. अफिस वा आफन्तको कुराः

बेडरुममा तपाईं आफ्नो पार्टनरसँग आफ्नो अफिस वा आफन्तको कुरा गरेर नबस्नुहोस् । तपाईंले यसो गर्दा तपाईंको पार्टनरलाई इरिटेट लाग्न सक्छ । यो समय तपाईंहरु दुईजना मात्रको हो । यतिबेला एकअर्कासँग प्रेमपूर्ण कुराकानी गरेर बिताउनुहोस् ।

३. गल्तीको कुरामात्र नदोहोराउनुहोस्ः

यदि तपाईं राती सुत्नुभन्दा पहिले आफ्नी प्रेमिकालाई उनको पूरा दिनको गल्तीबारे सुनाइरहनुहुन्छ भने उनी तपाईंसँग बोर हुनेछिन् । साथै, तपाईं दुईबिच मनमुटाव पनि हुनसक्छ ।

४. गुड नाइट किस पनि आवश्यकः

धेरैजसो महिलालाई पुरुषले राती सुत्नुभन्दा पहिले केही नभनी सुतेको खण्डमा निकै नराम्रो लाग्छ । सुत्नुभन्दा पहिले पार्टनरलाई गुड नाइट किस दिन आवश्यक छ । यसले तपाईंको सम्बन्ध अझै गहिरो हुने गर्दछ ।

५. पिठ्युँ जुधाएर सुत्नुः

महिलालाई पुरुषको यो बानी सबैभन्दा धेरै मनपर्दैन । राती सुत्नेबेला कहिले पनि उनीसँग पिठ्युँ फर्काएर नसुत्नुहोस् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment