शाह राजाहरूका पूर्खा: खाँटी मगर ! पढ्नै पर्ने एउटा लुकेको वास्तविकता



“दुःख आइपरे मगर गाउँ पस्नु” भन्ने उखान त्यतिकै बनेका हाेइनन् । हिजाे हिन्दुआर्यहरू मुश्लिम आक्रमणबाट भागेर नेपालका गण्डक क्षेत्रका मगर वस्तीमा आएका थिए । भरपर्दाे, सुवानी, उदार र दयावान मगर वस्ती उनीहरूकाे लागि स्वर्गिक क्रिडास्थल बने ।

औलाे दिदा डुडुल्नाे नै गुमाइपठाए मगरहरूले । लाेक र परलाेककाे छट्टु हिन्दुधार्मिक माग्यवादकाे काल्पनिक आख्यानकाे तरबारले मगरकाे माैलिकता ध्वस्त बनाइयाे । बच्चाकाे न्वरानदेखि मृत्युकाे काजक्रियासम्ममा हिन्दुपुरेतहरूलाई मगरहरूले पाेसे । मगरलाईमात्र हाेइन, मगरका राजालाई समेत हिन्दु बनाइए ।

मगर राजालाई त जनै नै भिराइदिएर आफ्नाे मगर समाजबाट यसरी अलग्याइयाे कि “मेराे पूर्खा मगर हाे” भन्न लज्जाग्लानी हुने अवस्था शाह राजाहरूमा सृजना गराइयाे भने उता मगरहरूले चाहिँ “शाह राजाकाे पूर्खा मगर थियाे” भन्दा विश्वास नै नलाग्ने गराइयाे ।

नश्ल वर्णशंकर



शाह राजाहरूकाे नश्ल वर्णशंकर हाे ।मगर राजालाई हिन्दु बनाएर जनै भिराए पछि उनीहरूकाे नक्कली वंशावली तयार बनाउन लगाई आर्य कन्याहरूसंग विवाह गराइयाे । यसले पछिका पुस्ताहरूकाे नश्ल आर्यजस्ताे देखिन गएकाे हाे ।

पृथ्वी नारायण शाहकी आमा काैशल्यवती पाल्पाकाे गान्धर्व सेन मगरकी छाेरी हुन् । तर पृथ्वी नारायणकाे छाेरा प्रतापसिंह चाहिँ वाहिरबाट ल्याईएकाे आर्य पत्नी नरेन्द्रलक्ष्मीकाे छाेरा हुन् । उता प्रतापसिंहकाे छाेरा रणबहादुरले त पशुपतिमा ल्याइएकी कान्तवती तराईकी मिश्र बाहुनी हुन् ।

त्यसबाट जन्मेकाे हुन, गिर्वाण । यसरी राजाका सन्तानहरू वर्णशंकर हुदै ज्ञानेन्द्रसम्म आइपुगेका हुन् । पहिलाे नश्ललाई दाेश्राे नश्लमा रूपान्तरण गर्न दाेश्राे नश्लसंग लगातार तीन पुस्तासम्म वैवाहिक सम्बन्ध गराइयाे भने त्याे पहिलाे नश्ल दाेश्राे नश्लकाे गुणमा आउछ ।

पृथ्वी नारायण शाहकाे तिखाे नाक र भासिएकाे आँखा भएकाे तस्विर त पछि कलाकारलाई स्केच गर्न लगाइएकाे हाे ।

मगर हुनुकाे आधार

१. पहाडी जनै नलगाउने राजालाई छाेरी दिइन्न भने पछि पृथ्वी नारायण शाहले गाेरखा दरवारमा १०८ बाहुनलाई भाेज खुवाइ बानारस गएर कल्पित वशिष्ट गाेत्र बनाई जनै धारण गरी मकवानपुरका राजाकी छाेरी ईन्द्र लक्ष्मीसंग विवाह गरेका थिए ।

यदी पृथ्वी नारायण शाह हिन्दुआर्य भएकाे भए किन पछि जनै लगाउनु पर्थ्याे ?

२. नरभूपाल शाहकी पत्नी तथा पृथ्वीनारायण शाहकी आममा काैशल्यवती मगरकी छाेरी हुन ।

ससुराली मगर भएपछि ज्वाईचेला मगर नै हुने भाे । अहिलेका आधुनिक हिन्दुआर्यले त अन्तरजातीय विवाहलाई स्वीकार्न मान्दैन भने त्याे बेला यदि राजा आर्य भएकाे भए मगरकी छाेरी बिहे गर्थेहाेलान् ?

३. शाह राजाका पूर्खा खाञ्चा र मिञ्चा थिए भनेर सबै इतिहासकारहरू एक मत छन् । याे शब्द मगर भाषा हुन् । मगर भाषाकाे काराङ्च(जेठाे/ठूलाे) र मारच (कान्छाे/सानाे) शब्दकाे अपभ्रंश हुन् खाञ्चा र मिञ्चा । शाहवंशका पूर्खा मगर नभइदिएकाे भए मगरभाषामा यस्ताे भनिने थिएन ।

४. शाह राजाहरूकाे कुलदेवी स्याङ्जाकाे अलामदेवी हुन् । जहाँ पुजारी रानामगरका छन् । आफ्नाे कुल देवता भएकाे ठाउँमा अरू जाति राखिन्न । पछि राजा हिन्दु भएपनि कुलदेवी मन्दिरमा रहने पुजारी मगरकै निरन्तरता भाे ।

५. ” १८३१ वि.स. माघेसक्रान्तिमा नुवाकाेट त्रिसुली सूर्यवतीका त्रिवेणी देवीघाटमा पृथ्वीनारायणकाे मृत्यु हुदाँ वहाकाे दाजु सुरथसिंह रानामगर थियाे” भनेर याेगी नरहरीनाथले “श्री मगर-गुरूङ वंशावली” मा लेखेका छन् । यसमा राजाकाे जुठाे सूतकमा मगरहरूले साथ दिएकाे पनि उल्लेख छ ।

दाजु रानामगर भए भाइ के हुन्छ ? पृथ्वीनारायण विशुद्ध आर्य भए मर्दापर्दा किन मगर सामेल हुन्थे ?

६.पृथ्वी नारायणसंगै एक मगर चाकर पनि सती गएकाे छ । यदि राजा हिन्दुआर्य भएकाे हुन्थ्याे भने बाहुनले शुद्र बनाएकाे मान्छेलाई राजा संगै सती पठाउन अपवित्र हुन्थ्याे ।

७. शाह राजा खलकले कलंकीमा माघ महिनामा कुल पूजा गर्दा कालाे सुगुरकाे बली चढाउथे । हिन्दुआर्य र मुस्लिमले त सुंगुर छुन त के हेर्न पनि चाहन्न ।

८. राजपरिवारमा मामाकी छाेरी बिहे गर्ने प्रचलन थियाे । त्रिभुवनकाे पिता पृथ्वी विक्रमले आफ्नाे मामा वीरशम्शेरकाे छाेरी विहे गरेका थिए । याे चलन मगरकाे हाे ।

९. खान र शाह भनेकाे पदवी हाे । खानकाे अर्थ भनेकाे प्रमुख/ राजा हाे । शाह भनेकाे पनि त्यही हाे । हिजाे भारतका शक्तिशाली मुस्लिम राजाहरूले आफूलाई शाह तथा खान भनेर चिनाउथे ।

त्याे बेला मुस्लिमहरूकाे प्रतिष्ठा र प्रभुत्वकाे जगजगी थियाे । यसरी आफूहरूलाई पनि शक्तिशाली र प्रतिष्ठित तुल्याउन मगर राजाहरूले खान र शाहकाे पदवी ग्रहण गरेका थिए । शाहवंश राजाकाे पूर्खा कुलमण्डनकाे पाला देखि शाह पदवी धारण गरिएकाे हाे ।

खान र शाह पदवी लिएकै भरमा शाहवंशलाई मुस्लिम भन्न सकिन्न । कुनै पनि परदेशी तथा पाहुनालाई कसैले तुरन्त गद्दी त्यागी दिदैन । कसैले आफ्नाे श्रीमतिलाई कुनै परकाे मानिसले केही गर्न त परै जाओस् जावाे चुम्वन गर्न पनि दिनचाहदैन । त्यसकाे प्रतिकार हुन्छ । हाे, यस्तै हाे, सत्ता अरूलाई दिन ।

१०. शाहवंश मगर परिवारकै हाे भनेर ह्यामिल्टन ( एन अकाउन्ट अव किङडम अव नेपाल) र भेन्सिटार्ट (नाेट्स अन नेपाल) ले लेखेका छन् ।

इतिहासकाे गाथालाई मनन गर्ने हाे भने अबका आधुनिक मगरहरू कांग्रेस-कम्युनिष्टकाे झाेले भएर रहनु एक पल पनि सुहाउदैन । कांग्रेस-कम्युनिष्टकाे भन्दा हजाराै वर्ष पहिले मगरकाे पहिचान र इतिहास याे देशकाे गर्भमा छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment