म्यानपावरले धोका दियो ठुलो गाडी चलाउने नक्कली लाइसेन्स दिएर साउदीमा भेडा चराउन परेको पछी



कमाउन जाँदैछौं, फेरि किन झिकाउने कुरा ? लेथ अपरेटरको काम हो कि होइन् ? कन्फर्म भन्नुस् तपाईं ।’ साउदी अरब उड्न चार घण्टा बाँकी छँदासम्म सुनसरीको छिटाहा–३ का बलराम चौधरीलाई म्यानपावरको काम गराई ठिक लागेको थिएन ।

तर म्यानपावर कम्पनीको मान्छेले भन्यो, विश्वास गर्नुस् । बलरामलाई पनि लाग्यो, ठिकै छ संसार विश्वासमा नै त चलिरहेको छ । विदेश जाने कुरामा छिटाहाकै प्रकाश कुमार विश्वकर्मासित बलरामको सल्लाह मिल्यो ।

लेथ मेसिन अपरेटरको काममा सँगै साउदी अरबमा जाने । सँगै नेपाल फर्कने । अनि मिलेर ग्यारेज खोल्ने । बलरामले जानेको काम पनि यही नै थियो । लेथ मेसिनको अपरेटर भएरै उहाँले महिनावारी २० हजार रुपैयाँसम्म कमाई गर्नुहुन्थ्यो ।

बलराम पहिलो पटक विदेश जाँदै हुनुहुन्थ्यो । प्रकाश भने ८ वर्ष कतारमा काम गरेर फर्कनुभएको थियो । एक हिसावले बलराम देश परदेश खाएका प्रकाशको भर परेर साउदी जाँदै हुनुहुन्थ्यो ।

उड्नुअघि मात्रै होइन्, त्यसअघिका दिनमा पनि बलरामलाई म्यानपावरले आफूहरुलाई एउटा काम भनेर अर्को काममा पो लैजान लागेको हो कि भन्ने शंका लागेको थियो ।

मेडिकल रिपोर्टमा साउदीमा गर्नुपर्ने काम ट्रक ड्राइभर लेखिएको थियो । मेडिकल रिपोर्ट आएपछि उहाँले म्यानपावरका मानिसलाई सोध्नुभयो, लेथ अपरेटरमा जाने मान्छेको मेडिकल रिपोर्टमा ड्राइभिङको काम भनेको छ । के हो यो ? हामी ड्राइभर त होइनौं ।

त्यतिबेला पनि म्यानपावरका मानिसले भनेका थिए, यो लेखाइले केही फरक पर्दैन । यहाँ जे लेखे पनि साउदीमा लेथ अपरेटरकै काम हो । केही अप्ठेरो परे हामी सात दिनमा नेपाल झिकाइहाल्छौं ।

नक्कली ट्रक ड्राइभर, विश्वासमा लेथ मेसिनको अपरेटर
१० कक्षा पास गरेका ३३ वर्षे बलरामलाई अरु चिनारुले पनि भनेका थिए, म्यानपावरसित सम्झौता गर्ने कागजपत्रमा विदेशमा गर्ने काम तलमाथि लेखिएको भए हस्ताक्षर नगर्नु ।

ठगीमा पर्न सकिन्छ । आफूले भनेको काम नदेखिएपछि म्यानपावरले सम्झौता गर्न लागेको कागजपत्रमा हस्ताक्षर गर्न सुरुमा आनाकानी गर्नुभयो । हवाइजहाज छुट्ने समय चार घण्टा पनि बाँकी थिएन् ।

लम्बेतान प्रक्रिया पूरा गरेर विमानस्थलको अध्यागमन छिचोल्दै जहाजसम्म पुग्नका लागि त्यति समय त चाहिन्थ्यो । अर्कातिर विश्वास गरेका प्रकाशले उता गएपछि त्यही काम नै पाइएला भनेर सम्झौतापत्र लिए पछि बलरामलाई पनि बाध्यता पर्यो ।

विदेश जाने भएपछि बलरामलाई सँगै पढेका साथीले सुनसरीको इटहरीस्थित मौघाल इन्टरनेशनल सर्भिसेज म्यानपावरमा पुर्‍याए ।

त्यस म्यानपावरले विदेश पठाउने जिम्मा काठमाडौंको आरपी इन्टरनेशनल कन्सल्टेन्सी म्यानपावरलाई जिम्मा लगायो । मौघाल म्यानपावरले यसअघि नै प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँका दरले पैसा असुलेको थियो ।

काठमाडौंको आरपी इन्टरनेशनल म्यानपावरले बलराम र प्रकाशलाई ट्रक ड्राइभरको भिसा भएको नक्कली सम्झौतामा हस्ताक्षर गराएको थियो । महिनावारी १८ सय रियाल तलब हुने र दुई वर्षे करार अवधिका लागि ।

मिस्त्रीका लागि काम छैन्, मजरामा उँट र भेडाबाख्रा हेर्ने मान्छे चाहियो
ट्रक ड्राइभरको भिसा बोकेर लेथ अपरेटरको काम गर्न २०७२ सालको जाँदो महिनामा बलराम साउदी अरब पुग्नुभयो । तर त्यहाँ पुगेपछि न ट्रक ड्राइभरको काम थियो न त लेथ मेसिनको काम नै । ‘उता पुगेपछि ग्यारेज छैन, लेथ मेसिन छैन । अब चाहिँ झुक्याएछ भन्ने लाग्यो ।’ बलरामले भन्नुभयो ।

बरु साउदीको साहुले नयाँ प्रस्ताव राखे, तपाईंहरु मिस्त्री मान्छेका लागि मसित काम छैन । मलाई मजरामा उँट र भेडाबाख्रा चराउने चार जना मान्छे चाहिएको हो । तलब एक हजार रियाल हुन्छ ।

लेथ मेसिन अपरेटरको काममा गएका उनीहरुले मजरामा काम गर्न मन गरेनन् । झण्डै दुई महिना साउदी बसेपछि त्यही कार्यरत गाउँलेहरुसित ऋण काडेर उनीहरु नेपाल फर्किए ।

जीवनमा कहिल्यै स्टेयरिङ नसमातेकालाई ठूला गाडी चलाउने नक्कली लाइसेन्स
आरपी इन्टरनेशनल म्यानपावरले बलराम र प्रकाशलाई अन्य कागजातसँगै नक्कली लाइसेन्स पनि दिएको थियो । साउदीमा लेथ मेसिन अपरेटरको काम पाउनेमा ढुक्क भएर कागजपत्र लिएका उनीहरुले नक्कली लाइसेन्सले के फरक पार्ला भनेर लिएका थिए ।

लाइसेन्सका लागि न लिखित परीक्षा दिएका थिए नत ट्रायल नै । कहिल्यै गाडीको स्टेरिङ नसमातेका बलरामलाई जीन्दगी हाँक्न साउदी जाने हतारो मात्रै थियो । फेरी म्यानपावरका मानिसले भनेका थिए, नक्कली लाइसेन्स एयरपोर्टमा देखाउनु अनि च्यातेर फाल्नु ।

म्यानपावरले बलरामलाई कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनिट्रक, ट्रक, बस र लहरी चलाउने अर्थात ख, च र छ वर्गको मोटर चलाउने लाइसेन्स दिएको छ । वाग्मती यातायात व्यवस्था कार्यालयको कार्ड प्रयोग गरिएको लाइसेन्सको नम्बर ०६ ०६१२४५६ रहेको छ ।

म्यानपावरका मानिसले च्यातेर फाल्नु भनेको लाइसेन्स अहिले बलरामसित सुरक्षित छ । विमानस्थलमा देखाएर पर्समा नच्यापेको भए उहाँसँग अहिले नक्कली लाइसेन्स सुरक्षित हुँदैनथ्यो ।



‘नक्कली भएपनि लाइसेन्समा राम्रो फोटो टाँसिएको थियो । बरु कसैलाई नदेखाए त भइहाल्यो नि भनेर च्यातिन ।’ उहाँले भन्नुभयो ।

नक्कली लाइसेन्सकै कारण काठमाडौंको आरपी म्यानपावरले साउदीबाट फर्कदा लागेको पाँच हजार रियाल तिरेको छ । तर इटहरीको मौघाल म्यानपावरले भने प्रतिव्यक्ति एक लाख २० लाख रुपैयाँ तिरेको पैसा अझै फिर्ता दिएको छैन् ।

त्यै पैसाका लागि बलराम र प्रकाशले सुरक्षित आपप्रवासन सुचना तथा परामर्श केन्द्र इनरुवामा निवेदन दिएका छन्, नक्कली लाइसेन्स दिएर साउदी पठाइ ठगी गर्ने एजेन्टबाट पैसा फिर्ता गराइ पाउँ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 comments:

  1. BetRivers.TV launches a new casino offering to new
    BetRivers is 남원 출장샵 the 안성 출장마사지 world's leading online betting and gaming brand. The BetRivers 이천 출장샵 casino is located in 서울특별 출장마사지 the UK. It 의정부 출장마사지 is one of the best established gambling

    ReplyDelete