पहिलो बच्चाको आमा हुनुहुन्छ भने, नगर्नुहोस् यी गल्ती



एजेन्सी । पहिलो बच्चाको आमा हुनु आफैंमा एक सुखद अनुभूति हो । पहिलो बच्चाको आमाहरु खासगरी बच्चाको रेखदेखका क्रममा केहि न केहि यस्तो गल्ती गर्छन् ।

१)
९ महिनासम्म आफ्नो गर्भमा राखेर जन्माएको बच्चालाई उनीहरु यति ख्याल गर्छन् कि, एक क्षण पनि आफ्नो बच्चासँग अलग हुन नपरोस् । त्यही कारण उनीहरु बच्चालाई अरुको हातमा दिन हच्किन्छन् । बच्चालाई हरेक क्षण आफैसँग राख्न चाहन्छन् । तर, यसलाई रोक्नुपर्छ । बच्चालाई परिवारका अन्य सदस्यसँग पनि खेल्न, रमाउन दिनुपर्छ । आफुसँग मात्र राख्ने, आफुले मात्र खेलाउने हो भने पछि बच्चाहरु अरुसँग खेल्न सक्दैनन् ।

हरवखत बच्चाका लागि आमा नै चाहिने हुन्छ । यसले गर्दा कहिले काहिं बच्चा बोझिलो पनि लाग्न सक्छ । त्यसैले सानो उमेरदेखि नै उनीहरुलाई अरुसँग पनि बस्ने बानी गराउनु पर्छ ।

२)
सानो बच्चालाई वाह्य वातावरणसँग एडजस्ट हुन समय लाग्छ । त्यसैले उनीहरुमा सानोतिनो समस्या देखापरिरहन्छ । कहिले रुन्छ, कहिले वान्ता गर्छ, कहिले खानामा अरुची देखाउँछ । यस्ता कुरा सामन्य हुन् । तर, पहिलो बच्चाको आमा बच्चाको यस्तो हर्कतबाट निकै अत्तालिन्छन् ।

हो, बच्चाको समस्याप्रति गैर जिम्मेवार बन्नुहुन्न । तर, सानोतिनो समस्यामा धेरै अत्तालिनु पनि हुँदैन । धैर्यतापूर्वक बच्चाको स्यहार गर्नुपर्छ ।

३)
पहिलो बच्चाकी आमा हरवखत बच्चाकै स्यहारसुसारमा लाग्छिन् । तर, बच्चाको ख्याल गर्ने चक्करमा आफ्नो स्वास्थ्यको भने ख्याल राख्दैनन् । जतिसुकै थकान भएपनि, जतिसुकै तनाव भएपनि आफ्नो स्वास्थ्यको बारेमा सोच्दैनन् । बच्चालाई दुध चुसाउने, दिसा(पिसाब गराउने, मालिस गरिदिने जस्ता कामले उनीहरुलाई निकै थकित बनाएको हुन्छ । तर, आफ्नो लागि समय निकालेर आरम गर्दैनन् । यसले भविष्यमा उनीहरुको शरीर कमजोर र रोगी हुन सक्छ ।

४)
प्यारेन्टल गाइड एवं पुस्तक धेरै कम हुन्छ, जसमा राम्रो जानकारी दिइएको हुन्छ । तर, यस्तो पुस्तकको आधारमा मात्र बच्चाको रेखदेख गर्नु पनि सहि होइन । किनभने कितावमा लेखिएको जस्तै स्थिती नहुन सक्छ ।

५)
अहिले क्यामेरा सहजै उपलब्ध हुन्छ । त्यही कारण आमाबुवाहरु आफ्नो बच्चाको हरेक क्षणलाई क्यामेरामा कैद गर्न चाहन्छन् । तर, हरक्षण बच्चाको फोटो खिच्नु राम्रो होइन । फोटो खिच्ने चक्करमा बच्चाको उचित हेरचाह नपुग्न सक्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment