कोरियामा काम गर्ने साथीहरु मालामाल , कोरियामा तलब बृद्धी … प्रतिघण्टा कती पुग्यो त् ?हेर्नुहोस्


सोल

दक्षिण कोरियामा मजदुरको तलब बृद्धी भएको छ । केही दिन देखि लगातार बस्दै आएको न्युनतम ज्याला निर्धारण समितीको शनिबार बसेको ११ औ बैठकले निर्धारण गरे अनुसार सन २०१८ को लागि मजदुरको पारिश्रमीक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धी भएको छ ।

अर्थात एक हजार ६० वन बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमीक ६ हजार ४ सय ७० वन रहेको थियो ।

ज्याला निर्धारण समितीमा रहेका जम्मा २७ सदस्यहरु मध्ये १५ जनाले पक्षमा र १२ जनाले विपक्षमा मत जाहेर गरेका थिए । समितीमा मजदुर युनियनबाट ९ जना व्यवसायीबाट ९ र सार्वजनिक क्षेत्रबाट ९ जना सदस्य रहदै आएका छन् । बैठकले सो तबल बृद्धी निर्धाराण गरेपछि व्यवसायी पक्षका सदस्यहरु बाहिरीएका थिए ।

मजदुर युनियनले प्रतिघण्टा १० हजार वन हुनु पर्ने माग राख्दै आएका थिए । व्यवसायी संघले भने २.४ प्रतिशत बढाउने पक्षमा रहेका थिए । कोरियामा हरेक वर्ष जुलाई महिनामा मजदुर पारिश्रमीक बढाउने गर्छन् । १० वर्ष पछि यसपाली १० प्रतिशत भन्दा माथि पारिश्रमीक बढेको हो । सन २००७ मा १२.३ प्रतिशत बृद्धी भएको थियो । हालै निर्वाचित राष्ट्रपति मुन जे इनले सन २०२० सम्मा प्रतिघण्टा १० हजार वन पुराउने लक्ष्य लिए अनुसार यसपालीको पारिक्षमिक वृद्धीलाई ग्रिन सिंग्नलको रुपमा लिएका छन् ।

बृद्धी भएको पारिश्रमीक सन २०१८ सालको पहिलो महिना जनवरीबाट लागु हुने छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment