उपचार खर्च नहुँदा कालीकोटकी यी बालिकाको आँखामा पलायो डरलाग्दो ट्युमर



मनसराको उपचारका लागि सहयोग रकम दिँदै कालीकोट मान्नमा भीम शाही

काठमाडौं– उपचारको अभावमा कालीकोट रास्कोट नगरपालिका वडा नं ७ बस्ने रने लुहारकी चार वर्षीया छोरी मनसरा लुहारको आँखाको घाउ बिग्रिएर ट्युमर बनेको छ। चार महिनाअघि चोट लागेपछि उपचार खर्च नहुँदा घरमै जटीबुटीले उपचार गरिएको थियो।

उनलाई देखेपछि ‘कालीकोट प्रकाश कर्णाली’ फेसबुक ह्यान्डल भएका एक युवाले उपचारका लागि अभियान थालेका छन्। उनी लेख्छन्, ‘घरको आर्थिक अवस्था एकदम नाजुक छ र झन् नाजुक बन्दैछ घाउ।’

उनले मनसरालाई उपचारका लागि फेसबुक मार्फत अभियान थालेका हुन्। केही रकम जुटाएको उनले बताएका छन्।

मनसराको उपचारका लागि सहयोग गर्न इच्छुकले कालीकोटकै प्रकाश न्यौपानेको मोबाइल नम्बर ९८६०१३८३५६ मा सम्पर्क गर्न सकिनेछ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment