कतारमा खाद्यान्न किनमेल गर्न होड, मुल्य धेरै बढी सक्यो नेपाली कामदारको हालत के होला !


 विभिन्न ७ मुलुकले सम्बन्ध तोडेपछि कतारमा संकट सिर्जना भएको छ ।


साउदी अरबसँगमात्र स्थल सीमा जोडिएको कतारसँग साउदी अरबसहित ७ मुलुकले एकाएक सम्बन्ध विच्छेदको घोषणा गरेपछि संकट देखिएको हो । खाद्यान्नका लागि अन्य मुलुकसँग निर्भर कतारमा ४० प्रतिशत खाद्यान्न साउदी अरबमार्फत ल्याउने गरिएको थियो ।



साउदीले कतारसँगको आफ्नो सीमा बन्द गरेपछि खाद्य संकट बढ्ने आशंकाले सोमबारदेखि नै कयौं नागरिक बजारमा निस्किएर आवश्यक खाद्यान्न खरिद गर्न व्यस्त देखिए ।

ठूला पसलहरुमा ग्राहकको निकै भीड देखिन्थ्यो भने पानी, खाद्यान्न लगायतका सामान जम्मा गरेर राख्न होड नै चलेको छ ।



वैध तथा अवैध रुपमा गरी कतारमा हाल झण्डै ६ लाख नेपाली रहेको अनुमान छ । वैदेशिक रोजगारीका लागि कतार गएका अधिकांश नेपाली युवा त्यहाँको निर्माण क्षेत्रमा कार्यरत छन् । कतारसँगको सम्बन्ध विच्छेदका कारण निर्माण सामाग्री ढुवानीमा समस्या हुने र मूल्य बढ्ने सम्भावना विज्ञहरुले औंल्याइरहेका छन् । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरु एकातिर रोजगारी गुम्ने खतरामा छन् भने अर्कोतिर खाद्य संकटको मारमा पर्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सोमबार नै कतिपय डिमार्टमेन्ट स्टोरमा सामान रित्तिइसकेको छ । साउदी अरबले स्थलमार्ग बन्द गरिदिएका कारण त्यहाँबाट थप खाद्यान्न अब कतार आउने छैन ।

वैकल्पिक मार्गका रुपमा जहाज र विमानमार्फत खाद्यान्न ढुवानी गर्न सकिने भए पनि त्यो महँगो पर्ने विज्ञहरुको भनाइ छ । (एजेन्सी)
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment