बुढेशकालमा जागेको यौन तृष्णाले गर्दा बल्तकार काण्डमा आयल निगमका पूर्वएमडी पक्राउ


बुढेसकालमा यौन चाहना नियन्त्रण गर्न नसक्दा नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा

प्रहरी हिरासतमा पुगेका छन् । आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा

महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो ।

पिंगलास्थान बस्ने शर्मालाई प्रहरीले ११ जेठमा पक्राउ गरेको हो । जबर्जस्ती करणी मुद्दामा अनुसन्धान

पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको गौशाला वृत्तका डिएसपी

नवराज कार्कीले बताए । पीडित किशोरीले शर्माले ६ जेठमा आफूलाई बलात्कार गरेको भन्दै उजुरी

दिएकी थिइन् ।

सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।

सा“झको समयमा शर्मा कोठामा मदिरा पिइरहेका थिए । किशोरीलाई उनले पानी ल्याउन लगाए ।

पानी लिएर कोठामा पुगेपछि ढोका लगाएर खाटमा लगी आफूमाथि बलात्कार गरिएको किशोरीले

दिएको उजुरीमा छ ।

किशोरीका दाइ पनि सोही घरमा काम गर्दथे । घरछेउमा बहिनी रोइरहेको देखेपछि उनले त्यसको

कारण सोधेका थिए । तर, तत्काल उनीहरूले प्रहरीमा उजुरी दिन सकेनन् । उनीहरू शारदा स्कुलमा

पढ्थे । उक्त स्कुलमा बालक्लब थियो । घटनाबारे बालक्लबमा कुरा भयो ।

बालक्लबमा माइती नेपाल संस्थामा बस्दै आएका विद्यार्थीसमेत थिए । तिनै विद्यार्थीले घटनाबारे माइती

नेपालका पदाधिकारीलाई जानकारी दिएपछि घटना प्रहरीसम्म पुगेको हो । पीडित किशोरीको

मेडिकल रिपोर्टमा पनि बलात्कार भएको प्रस्ट छ ।

६४ वर्षीय शर्मा मेकानिकल इन्जिनियर हुन् । नेपाल आयल निगमका एमडीका रूपमा कार्यरत रहँदा

अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दासमेत चलेको थियो । जसमा उनलाई

अदालतले समेत दोषी ठहर गरेको थियो । शर्मा एक वर्ष जेल बसेर छुटेका हुन् ।

शर्मा पक्राउ परेपछि उनलाई मुद्दा नचलाउन धेरै नेताबाट दबाब आएको प्रहरी स्रोत बताउँछ । दाङ घर

भएका उनी कांग्रेस नेता खुमबहादुर खड्काका आफन्त तथा साथी हुन् । शर्माले भने आफूमाथि झुटो

आरोप लागेको बयान दिएका छन् । किशोरीलाई उचालेर कसैले मुद्दा हाल्न लगाएको उनको आरोप छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment