कलेज पढ्ने तीन युवती ५० लाखको अफिमसहित पक्राउ:::::पैसा को अभाव भय पछी के सम्म गर्छन हेर्नुहोस


भैरहवा,  जेठ । रुपन्देहीमा कलेज पढ्ने युवतीहरूको साथबाट ५० लाख मूल्य बराबरको अफिम बरामद भएको छ । नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल प्रहरीले सो मूल्य बराबरको लागुऔषध अफिम सहित ३ जना युवतीलाई पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यलय बेलहियाका प्रहरी निरीक्षक रबिन विष्टका अनुसार रुकुम घर भइ दाङमा बस्ने ३ युवतीहरू १५ केजी अफिम लुकाइछिपाई भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।


यसरी पक्राउ पर्नेमा २७ वर्षीया बिशमाया बुढा, १९ वर्षीया कामना पुनमगर र २१ वर्षीया सकुन्तला बुढा रहेका छन् । उनीहरूमध्ये विशमाया र सकुन्तला घोराहीमा बसेर क्याम्पस पढिरहेका विद्यार्थी हुन् । कामना लालमटियाकी बासिन्दा हुन् ।

तीनै जना युवतीहरू रात्रि बसमा चढेर बुटवलको एक होटलमा बसेका थिए । उनीहरूलाई सो अफिम सोही होटलमा दिइएको थियो । पक्राउ परेका युवतीहरूले आफूहरूलाई भांग हो बोर्डर पारी पुगाएर आएपछि ५ हजार पाउने भन्दै एकजना दाइले फोनमार्फत निर्देशन दिएको बताए । ती दाइको नाम ठेगाना भने उनीहरूलाई थाहा नभएको बयान प्रहरी समक्ष दिएका छन् ।

बरामद अफिमको बजार मूल्य ५० लाख रहेको प्रहरीले जनाएको छ । विश्वबजारमा प्रतिकेजी अफिमको मूल्य १६ हजार युएस डलर प्रतिकेजी रहेको छ ।

अफिमसहित पक्राउ परेका युवतीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुझाइएको इप्रका बेलहियाले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषध ओसार पसार गर्नेलाई १५ वर्ष कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ । – दैनिकनेपालबाट
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment