किन एक्लियो कतार मुख्य केहि कारणहरु यस्ताछन ! कतारमा बस्ने नेपालीहरुले पढ्न एक दमै जरुरी पढ्नुहोला र शेर गरी सबै जानकारी दिनुहोला



विश्वमान चित्रमा नेपालबाट पश्चिम क्षेत्रमा पर्ने खाडी मुलुकबीचको तनाव पछिल्लो समय सतहमा आएको छ ।

साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, लिबिया, यमन र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेको घटनाले उनीहरूबीचको आन्तरिक तिक्तता बाहिर छचल्किएको हो ।

साउदी अरबले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै सम्बन्धविच्छेद गर्दै सीमासमेत सिल गरेको छ । कतारको साउदी अरबसँग मात्र स्थल सीमा जोडिएको छ ।

साउदी अरबले अन्य मुलुकलाई पनि कतारसँग सम्बन्धविच्छेद गर्न कूटनीतिक लबिइङ तीव्र पारेको खबर अन्तर्राष्ट्रिय सञ्चार–माध्यमले दिएका छन् ।

सन् २०२२ मा विश्वकप फुटबलको तयारी गरिरहेको कतारलाई सोमबार अचानक इस्लामिक स्टेट, मुस्लिम ब्रदरहुड, अलकायदा लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध– विच्छेद गरेका घोषणा गरिएको हो ।

कतारले विश्वकपका लागि सफल कूटनीति अवलम्बन त गर्‍यो तर उसले त्यसपछि आफूमाथि आइलाग्न सक्ने विभिन्न समस्यालाई ख्याल गरेन । पश्चिमा मुलुकसँग उसको सम्बन्ध सुमधुर हुन सकेन ।

कतारबाट प्रसारण हुने अलजजिरा टीभीले पश्चिमा सञ्चारमाध्यमलाई टक्कर दिन थालेपछि यो पश्चिमाको प्रतिपक्ष झैं बन्यो । उसले आफ्नै छिमेकीलाई पनि साथ लिन सकेन जसले गर्दा कतार अहिले यो अवस्थामा आइपुगेको विश्लेषण गरिएको छ । कतारमा आफ्ना नागरिकभन्दा अन्य मुलुकका नागरिकको संख्या चार गुणा बढी छ ।

कतारका अमिरले दिएको भनिएको विवादास्पद अभिव्यक्ति अनलाइनमार्फत सार्वजनिक भएपछि खाडी मुलुकबीच विवाद चर्किएको हो । कतारले भने अमिरको अभिव्यक्ति वास्तविक नभएको बताएको छ । कतारले यसलाई ‘लाजमर्दो साइबर अपराध’ को संज्ञा दिँदै अवास्तविक भनेको छ । यूएईले कतारी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र आफ्नो देश छाड्न भनेको छ ।

कतारका छिमेकले जल, स्थल र हवाई सम्बन्ध रद्द गरेका छन् । विमान कम्पनीहरूले कतारमा उडान रद्द गरेको जानकारी समेत गराएका छन । साउदीले कतारसँगको सीमासमेत सिल गरिसकेकाले यो घटनाले ठूलो रूप लिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबिक समूह’बाट पन्छिएको आरोप साउदीले यसअघि नै लगाएको हो । कतार सरकारबाट सञ्चालित सञ्चार– माध्यमले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक कारबाहीलाई कमजोर पार्ने कोसिस गरेको समेत जनाएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment