त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा, सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा । ~ रञ्जना न्यौपाने हेर्नुस पुरा समाचार



प्रदेशमा काम गर्ने युवा हरुलाई लक्षित गरि रञ्जना न्यौपाने ज्युले कान्तिपुरमा लेख्नु भएको कविताले मन छोएर आयो त्यसैले सेयर नगरी बस्न सकेन !

त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा
सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

नेपाली हरु प्रदेशमा काम गर्छन त्यो पनि आजभोलीको चर्को गर्मि मौसममा न चिसो पानि पाईन्छ, त्यसैमा घरको आफ्नै पिडा प्रदेश जाउँ भनेर साहु बाट लिएको ऋण सम्झिदा त प्रदेशमै मरिन्छ कि झैं लागेर आउँछ !

त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा
सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

कमाएर दुई चार पैसा परिवार खुशी पार्न,
कल्पिएर तिनै दिन पीडाहरु लुक्छ आमा ।

निद्रा छैन भोक छैन, कामैकाममा बेरिएछु,
हेर्छु यो देशको हालत अनि शिर झुक्छ आमा ।

लाखौं युवा पिल्सिएछन् यो खाडी मुलुकमा,
गाउँघरको याद आउँदा यो मन त्यतै रुक्छ आमा ।

के छ र यो जिन्दगी आखिर खरानी हुनु छ,
बाँचुन्जेल हाँसी-खुशी बाँच्न पाए पुग्छ आमा ।

कान्तिपुर बाट रञ्जना न्यौपाने ज्युले लेख्नु भएको गजल

सेयर गर्नुहोस
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment