शिक्षिकाको हर्कतः मदिरा पिलाएर आफ्नै विद्यार्थीसँग सहवास

अमेरिकाको क्यालिफोर्नियामा शिक्षिका र छात्रको बिचमा पटक पटक हुने गरेको शारिरीक सम्बन्धको समाचार अहिले भाइरल नै बनेको छ । क्यालिफोर्नियाको एक स्कुलमा पढाउने शिक्षिकाले आफ्नो विद्यार्थीलाई मदिरा पिउन लगाएर यौन सम्पर्क गरेको बताइएको छ ।

शिक्षिकाले त्यती मात्र गरिनन् आपत्तिजनक अवस्थाको फोटो खिचेर उक्त फोटो भाइरल गरिदिने धम्कि दिएर ब्याकमेलिङ समेत गरेको बताइएको छ ।

रिपोर्टका अनुसार महिला टिचरको आफ्नो पतिसँग डिभोर्स भइसकेको थियो । पतिसँगको सम्बन्ध टुटेपछि उनी आफूले पढाउने एक बिद्यार्थीसँग नजिकिइन् । एक दिन छात्रलाई केही बहानामा घरमा बोलाइन् । त्यसपछि छात्रलाई आफूसँगै रक्सि पिलाएर लठ्ठ बनाइन् ।

त्यसपछि सुरु भयो शिक्षिकाको कर्तुत । उनले नशामै छात्रसँग शारिरीक सम्बन्ध राखिन्।

यौन सम्पर्ककै दौरान उनले एउटा फोटो पनि खिचिन् । र सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल बनाइदिने धम्कि दिँदै आफूसँग जबरजस्ति यौन सम्पर्क गर्न ब्ल्याकमेलिङ गर्न थालिन् । शारिरीक सम्बन्ध बनाउन राजिन भएपछि पनि शिक्षिकाले कुटपिट समेत गरेको बताइएको छ ।

त्यसपछि शिक्षिकाले सँधै आफूसँग यौन सम्पर्क गर्न छात्रलाई दवाव दिन थालिन् । आफू सँधै पिडित बन्नुपरेपछि छात्रले एकदिन सबै कुरा आफ्नो आमालाई सुनाए ।

त्यसपछि पिडित परिवारले आरोपीविरुद्ध पुलिसमा उजुरी दिइन् । पुलिसले ति शिक्षिकालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ भने उनको घरबाट सबै तस्बिर समेत बरामद गरेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment