एमालेलाई भोट हाल्नेलाई ‘डाइट्’–खसीको मासु र खाना, एक बोत्तल बियर, एक प्लेट सुकुटी


काठमाडौं, ३ जेठ । नेकपा एमालेले देशभर चुनावी नतिजामा अन्य दललाई पछि पारिरहेको छ । त्यसो त नेपालका राजनीतिक दलहरुले चुनावी एजेण्डाका आधारमा चुनाव जितेका छैनन् । चुनावमा ‘मनि र मसल’को खुब प्रयोग हुने गरेको जगजाहेर छ ।

नेकपा एमालेले पनि चुनाव जित्नका लागि जनतालाई भौतिक कुराहरुमा विकाएको प्रमाण भेटिएको छ । पोखरा नगर कमिटिले एउटा भोटरलाई मटन खाना, एक बोत्तल बियर र सुकुटी खुवाएको कुपन भेटिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा यस्तो कुपन भाइरल बनेको छ । फेसबुकमा भेटिएको यस्तो कुपन बारे एमाले नेताहरुले जवाफ दिएका छैनन् । यद्धपी माओवादी नेता कार्यकर्ताले भने तिब्र रुपमा प्रचार प्रसार गरेका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment