मर्नुअघि सुशीलले भनेका थिए‘, काँग्रेस देउवाको हातमा गयो भने लोकतन्त्र र काँग्रेस सकिन्छ’


नेपाली काँग्रेसको भावी नेतृत्वका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा चलिरहेका बेला सभापति सुशील कोइरालाको निधन भयो ।कोइरालाले सार्वजनिक रुपमा पुनः सभापतिमा दोहोरिने बताएका थिएनन, तर एकपटक नेतृत्व हातमा लिएर कोइराला परिवारभित्रैबाट उत्तराधिकारी तयार पार्न चाहन्थे । उपसभापति रामचन्द्र पौडेलले पटकपटक सभापतिमा आफूलाई सहयोग गर्ने बचन दिन दबाब दिँदासमेत कोइराला मौन रहनुको कारण त्यही थियो ।

सशुील बाहिर नबोले पनि कोइराला कोटरीका नेता उनैलाई सभापति बनाउने दौडधुपमा लागेका थिए । १२ औं महाधिवेशनमा सुशीलसँगै पराजित भएका देउवा यसपटक बदला लिने भन्दै कस्सिएका थिए । तर, कुनै पनि हालतमा देउवालाई सभापति हुन नदिने रणनीतिमा सुशील थिए ।

प्रधानमन्त्री निर्वाचनमा केपी ओलीसँग पराजित भएपछि पदको लोभ गरेको भन्दै पार्टीभित्र र जनस्तरमा समेत सुशील आलोचित भए । सुशीलको व्यक्तित्वमा गिरावट आएको मौकामा पार्टी कब्जा हुनेमा देउवा आश्वस्त थिए ।सुशीलले सही समयमा सही निर्णय लिन नसक्दा काँग्रेसको नेतृत्व सजिलै देउवाको हातमा जाने आशंका धेरैले गरेका थिए । दसैं र तिहारको बीचमा सुशीलले महराजगञ्जस्थित निवासमा कोइराला परिवारका नेताहरुको भेला राखे ।

त्यस क्रममा उनले पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले निधनअघि आफूलाई भनेका कुरा स्मरण गरे । ‘मैले महामन्त्री, उपसभापति, कार्यबाहक सभापतिसम्म बनाएँ’, गिरिजाप्रसादको भनाइ उद्धृत गर्दै सुशीलले भनेका थिए’, ‘अबको नेतृत्व तिम्रो काँधमा आएको छ, यसपछि पनि पार्टीको नेतृत्व कोइराला परिवारमै हस्तान्तरण गर्नु ।’
त्यस क्रममा सुशीलले शेरबहादुर देउवा पार्टी सभापति भए काँग्रेस र लोकतान्त्रको भविष्य संकटमा पर्ने भएकाले कुनै पनि हालतमा उनलाई रोक्नुपर्ने बताएका थिए । आफ्नो फाइदाका लागि काँग्रेसलाई भीरबाट खसाल्न तयार हुने प्रवृत्ति देउवामा रहेको उनको भनाइ थियो ।
‘शेरबहादुरजीले आफ्नो फाइदाका लागि संसदलाई नारायणहिटी दरबारमा बुझाउने काम गर्नुभयो, त्यसबापत काँग्रेसले फेरि लोकतन्त्रका लागि कठोर लडाईं लड्नुप¥यो’, ‘सुशीलको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘पार्टी फुटाउनेको हातमा नेतृत्व जान दिनु हुँदेन ।’सुशीलले यसो भन्दा कोइराला निवासमा शशांक, शेखर, सुजाता र सुशीलले छोरा मान्ने गरेका र हालै काँग्रेसको रोल्पा सभापति निर्वाचित भएका सांसद् अमरसिंह पुन थिए ।
-काठमान्डौ टुडे बाट साभार
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment