पथरी, २ जेठ, एकपटक बच्चा जन्माएको गाईले कति वर्षसम्म दूध दिन्छ रु तपाँईलाई कसैले यस्तो प्रश्न गरे सायद सबैको जवाफ एउटै आउँछ, एकदेखि डेढ वर्षसम्म दूध दिन्छ ।
तर, मोरङको सुन्दरहरैचा नगरपालिका–५ चाँदनीचोक घर भएका शिक्षक टङ्कमणि लामिछानेले पाल्नुभएको गाईले नियमित १२ वर्षदेखि दूध दिँदै आएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–५ का लामिछानेले पालेको जर्सीगाईले विगत १२ वर्षदेखि नियमित दूध दिँदै आएको छ । उनले २०५९ सालमा झापाबाट जर्सी गाई रु १५ हजारमा खरिद गरेर ल्याएका थिए । ल्याएको तीन वर्षमा बच्चा जन्माएको गाईले २०६२ सालदेखि नियमितरुपमा दूध दिँदै आएको लामिछानेले बताए ।
सो जर्सी गाईले जन्माएको बाच्छाको मृत्यु हुने गरेको छ । तरपनि दूध दैनिक रुपमा दिने गरेको छ ।
‘गाईले बहर जन्मायो, तर अहिलेसम्म एउटा पनि जीवित रहेनन्’, लामिछानेले भने, ‘बच्चा नहुँदा पनि गाईले नियमित दूध दिन्छ ।’
बाच्छो जन्माएको एकवर्ष दैनिकरुपमा १२ लिटरसम्म दूध दिने उक्त गाईले त्यसपछि छदेखि सात लिटर दिने गरेको छ ।
अर्को बच्चा जन्माउनका लागि गर्भ हुँदा पनि गाईले नियमित दूध दिने गरेको छ ।
गर्भ रहेको बेला गाईको दूध केही अमिलो र अरु बेलाको भन्दा बाक्लो हुने गरेको लामिछानेको भनाइ छ ।
यसरी नियमित दूध दिने गाईको स्याहार पनि लामिछाने परिवारले राम्रोसंग गर्ने गरेका छन् ।
गाईले दिएको दूध आवश्यक पर्ने जति घरमा राख्ने र बाँकी रहेको दूध स्थानीय चियापसलमा बिक्री गर्दै आएको गाईपालक लामिछानेको भनाइ छ ।
लामिछाने पथरी शनिश्चरे नगरपालिका–५ को बुद्ध उच्च माविका शिक्षक हुन् । रासस
१२ वर्षसम्म नियमित दूध दिने गाई !
Reviewed by adas
on
May 18, 2017
Rating: 5
Reviewed by adas
on
May 18, 2017
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment