सगरमाथा आरोहीहरुको गाँउमा टेलिकमको मोबाइल सेवा सुरु


काठमाडौँ, ४ जेठ, नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने दोलखाको बेदिङ्गमा जिएसएम मोबाइल सेवा सुरु गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत पर्ने बेदिङ्गमा विटिएस स्थापना गरी मोबाइल सेवा संचालनमा ल्याएको हो ।

यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको बस्ती छ । पर्यटकीय आकर्षणको केन्द्र भए तापनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका ८४ घरधुरीका करिब पाँच सय बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनीको दाबी छ । अब यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय बासिन्दाहरुले अब त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याइरहेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment