पर्वतको फलेबास नगरपालिकामा एमालेका पदमपाणी शर्मा विजयी


जेष्ठ ३, २०७४   पर्वतको फलेबास नगरपालिकामा एमालेका पदमपाणी शर्मा विजयी हुनु भएको छ ।  शर्माले निकटतम प्रतिद्वन्दी कांग्रेसका गंगाधर तिवारीलाई ३४८ मतले पछि पार्दै जित हासिल गर्नुभयो ।  शर्माले ६१०३ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिवारीले ५७५५ मत प्राप्त गर्नुभयो  । उपप्रमुखमा एमालेकै मञ्जु अधिकारीले ५९५४ मत ल्याएर बिजयी हुनु भएको छ । । निकटतम प्रतिद्वन्दी कांग्रेसकी रेखा गुरुङले ५६५९ मत प्राप्त गर्नुभयो । ११ वटा वडा रहेको फलेबासमा ९ वटा वडामा एमालेको प्यानल बिजयी भएको छ । एमालेले १, २, ४, ५, ६, ७, ८, ९ र १० मा बिजयी भएको हो । फलेबासको ३ र ११ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।  १९१२८ मतदाता रहेको फलेबासमा १२९७६ मत खसेका थिए । फलेबासमा नेकपा माओवादी केन्द्रका प्रत्यासी मोती रेग्मीले ४१४ मतसहित तेस्रो स्थानमा रहनु भएको छ । माओबादी केन्द्रबाट उपमेयरका प्रत्यासी शोभा क्षेत्रीले ६९६ मत प्राप्त गर्नुभयो ।  
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment