भक्तपुर, ३१ वैशाख । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ बस स्टेनमा छउेउमा बम विस्फोट भएको छ । गट्ठाघरस्थित नेकपा एमालेका मेयर प्रत्याशी मदनचन्द्र श्रेष्ठको घर अगाडि अज्ञात समूहले राखेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले विस्फोट गराएको हो।
एउटा बम विस्फोट गराए लगत्तै सेनाले अर्को बम विस्फोट गराएको छ । उक्त क्षेत्रका स्थानीयवासीमा आतंक फैलिएको छ। बम विस्फोट भएको स्थल भन्दा दुई सय मिटर टाढा जनप्रेमी मावि कौशलटारमा मतदान केन्द्र रहेको छ ।
निर्वाचनको दिन देशका विभिन्न ठाउँहरुमा यस्ता घटना घटने क्रम जारी रहेको छ । मुगुमा बिहानै ५ राउन्ड हवाइ फायर भएको ५ भने दोलखाकाको दुर्इ मतदान स्थलमा भिडन्त जारी छ । एक स्थानमा खुकुरी प्रहार हुँदा मतदाता सक्त घाइते भएको खबर आइसकेको छ ।
निर्वाचन केन्द्र नजिकै बम निष्कृय
Reviewed by adas
on
May 13, 2017
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment