विभिन्न दलका शीर्ष नेताहरूद्वारा मतदान

काठमाडौं, ३१ वैशाख । स्थानीय तहको मतदान अन्तर्गत आइतबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूले मतदान गरेका छन् । आ–आफ्नो मतदान केन्द्रमा पुगेर शीर्ष नेताहरूले मतदान गरेका हुन् ।

मतदान गर्नेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपा अध्यक्ष कमल थापा, कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाडौंका मेयरका उम्मेदवार राजुराज जोशी र विद्यासुन्दर शाक्य, रञ्जु दर्शना, किशोर थापा, चुरेभावर पार्टीका मेयर पदका उम्मेदवार बिदुरप्रसाद घिमिरे, एमालेका सचिव योगेश भट्टराईलगायतले आ–आफ्ना मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले आफ्नो गृह जिल्ला मकवानपुरमा मतदान गरेका छन् । थापा बिहानै हेटौंडा उपमहानगरपालिका– ५ बालज्योति माबिमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा मतदान गरेका छन् । कांग्रेस नेता पूर्ण बहादुर खड्काले सुर्खेतमा मतदान गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनि भक्तपुरमा मतदान गरेका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment