प्रधानमन्त्रीले बुधबार राजीनामा दिने निश्चित, के यो दोस्रो निर्वाचान नहुने लक्षण हो ?

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ३ गते (बुधबार) राजीनामा दिने भएका छन् ।

गत वर्षको साउन १९ गते प्रधानमन्त्री पद सम्हालेका प्रचण्डले झण्डै १० महिनापछि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार बुधबार राजीनामा दिने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक तयारी समेत थालिसकेका छन् । उनले पर्सी संसदमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्नेछन् ।

संविधान संशोधन भन्दा पहिला नै राजीनामा

प्रधानमन्त्री प्रचण्डले मधेसवादी दलका नेतालाई आज विहान सरकारी निवास बालुवाटारमा भेटेर आफ्नै नेतृत्वमा जेठ ४ गते संविधान संशोधन गराउन प्रयास गर्ने आश्वासन दिएका थिए । तर, अब प्रचण्डले संशोधन अगावै राजीनामा दिएर त्यो जिम्मेवारीबाट पन्छिने भएका छन् । प्रचण्डको यो निर्णयले संशोधन प्रक्रिया अलपत्र पर्ने देखिएको छ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment