दमक–काठमाडौं टाटासुमो हाँकेर यात्री ओसार्दै महिला चालक सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङको मधुमल्ला–३ तोरीबारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटासुमो चलाएर काठमाडौंदेखि दमकसम्मको यातायात सेवा दिन थालेकी छन् ।पछिल्लो समय दमक–१३ मा बस्दै आएकी पाण्डेले १२ जना अट्ने सवारी–साधनको पूर्णकालीन चालकको कठिन भूमिका निर्वाह गरेकी छन् ।दुई वर्षअगाडि साना तथा मध्यम सवारी–साधन चालक अनुमतिपत्र लिइ छोटो दूरीको साधन चलाएर सेवा दिँदै आएकी उनले दसैंदेखि लामो दूरीको सवारीमा हात हालेकी आजको इमेज च्यानलमा समाचार प्रकाशित छ ।
करिब तीन हप्तायतादेखि पाण्डेले मे१ज २०६३ नम्बरको गाडीबाट दमकदेखि काठमाडौं र काठमाडौंदेखि दमकसम्म यात्री ओसार्न थालेकी हुन् ।पाण्डेले चलाउँदै आएको गाडीमा चढ्न सुरुमा डराउने, हिच्किच्याउने र लजाउनेहरु महिला–पुरुष दुबैले अहिले निर्धक्कसँग उनको गाडी चढ्न थालेका छन् ।महिला भएर लामो दूरीमा सवारी–साधन चलाउन पाएकामा खुसी देखिएकी पाण्डे लामो दूरीको गाडी चलाउँदा आफूमा कुनै त्रास नरहेको बताउँछिन् ।राति, बिहान वा दिउँसो जुनसुकै समय ट्राफिक नियम पालना गर्दै यात्रीहरुलाई गन्तव्यमा पुर्याउन पाएकामा उनी सन्तोष मान्छिन् ।
लामो दूरीको यात्रामा एक्लैले ७/८ घन्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घन्टामा दुई पटकसम्म दमक–काठमाडौंबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उनले बताइन् ।
Home / समाचार
/ दमक–काठमाडौं लामो दूरीको यात्रामा महिला चालक सफलताको कामना सहित एक एक लाईक र शेर गर्नु होला
दमक–काठमाडौं लामो दूरीको यात्रामा महिला चालक सफलताको कामना सहित एक एक लाईक र शेर गर्नु होला
Reviewed by adas
on
May 24, 2017
Rating: 5
Reviewed by adas
on
May 24, 2017
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment