काभ्रेको उग्रचण्डी नालाकी ३० वर्षीया पवित्रा दाहाल दुवै मृगौला खराब भएपछि समस्यामा परेकी छन् । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दसैंलगत्तै पवित्राको मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि परिवारलाई आर्थिक समस्या भएको छ ।
“चिकित्सकले दसैंलगत्तै मृगौला प्रत्यारोपण नगरे जे पनि हुन सक्छ भनेका छन् तर त्यसका लागि खर्च छैन,” उनले भनिन् । १० वर्षदेखि समस्या झेल्दै आएकी उनलाई आमा ६० वर्षीया पुण्यकुमारी दाहाल मृगौला दिन तयार भए पनि उपचारका लागि आवश्यक रकम जुटाउन सक्ने अवस्था नभएपछि चिन्ता थपिएको छ ।
आमाको परीक्षणमै ३ लाख रुपैयाँसम्म लाग्ने चिकित्सकले बताएको उनको भनाइ छ । डायलसिस निःशुल्क भए पनि प्रत्येक साता दिनुपर्ने रगतका साथै अन्य उपचारमा ३ हजारभन्दा बढी लाग्ने गरेको पनि उनले सुनाइन् ।
Home / समाचार
/ दुवै मृगौला खराब भएकी पवित्रालाई उपचारका लागि आर्थिक अभाव, सके सहयोग गर्नुस नसके सेयर गर्नुहोला
दुवै मृगौला खराब भएकी पवित्रालाई उपचारका लागि आर्थिक अभाव, सके सहयोग गर्नुस नसके सेयर गर्नुहोला
Reviewed by adas
on
May 24, 2017
Rating: 5

Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment