गोली लागेर काभ्रेमा माओवादी कार्यकर्ताको ज्यान गयो

काभ्रे, ३१ वैशाख । काभ्रेको नमोबुद्धमा गोली लागेर माओवादी केन्द्रका एक कार्यकर्ताको मृत्यु भएको छ ।


शनिबार राति साढे १० बजे गोली लागेर माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको मृत्यु भएको हो ।

नेकपा (माओवादी केन्द्र)का नमोबुद्वका सह–इञ्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले गोली चलाएर आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका कार्यकर्ताहरूले नमोबुद्धमा हो–हल्ला गरेर निर्वाचन विथोल्ने प्रयास गरेपछि शान्ति सुरक्षा बनाउन गोली चलागउनु परेको काभ्रेको स्थानीय प्रशासन स्रोतले जनाएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment