साउनदेखि खुल्ने भयो सवारी लाइसेन्सको आवेदन


काठमाडौं—एक महिना अघिदेखि बन्द रहेको सवारी चालक इजाजतपत्र (लाइसेन्स) को लागि आवेदन साउन पहिलो सातादेखि खुल्ने भएको छ । स्थानीय तहको चुनावका लागि यातायात व्यवस्था विभागका कर्मचारी जिल्लामा खटाइएपछि असार पहिलो सातादेखि नयाँ लाइसेन्सको लागि परीक्षा र ट्रायल बन्द गरिएको थियो ।


स्थानीय तहको चुनावमा गएका कर्मचारी यातायात कार्यालय फर्किसकेकाले साउन पहिलोसाता देखि नयाँ लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी लाइसेन्स सम्बन्धी काम अहिले उपत्यकाका यातायात कार्यालयहरु ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ र भक्तपुरको जगातीबाट वितरण भइरहेको छ ।

अहिले सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा पासभएपछि तीनपटकसम्म परीक्षा दिन पाउनेछन् । यस अघि एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण (ट्रायल) परीक्षा दिन पाइदैन्थ्यो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment