हातले समातेर बमफाल्ने प्रहरी हवल्द्धारलाई सम्मानको सट्टा अपमान भयो भनेर सामाजिक संन्जालमा भाईरल !



काठमाडौँ, २७ असार | केहि दिन अघि सारा नेपालीको वावाही पाएका प्रहरी हवल्दारलाई अपमान भएको छ | मतदानस्थलमा फ्याकिएको बम समातेर ठूलो क्षती हुनबाट बचाउने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका थिए । उक्त बचनबद्धता अनुसार गृहमन्त्रालयले केही प्रहरी अफिसर जम्मा गरेर मतदान स्थलमा फ्याकिएको बम हातले समातेर पर फाली दर्जनौ सर्बसाधारणलाई बचाउने प्रहरीलाई सम्मान पनि गरे । तर त्यो एकदमै लज्जास्पद भयो । धेरैले कल्पना गरेका थिए गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ती हवल्दारको राम्रो मुल्यांकन गर्नेछन् र पद बढुवा गर्नेछन् आदी आदी |

जनताले मानेका मन्त्रि मध्यका एक शर्माले के सम्मान पुरस्कार दिए ? समाचार लेख्दै एकदमै लज्जास्पद र अचम्म लाग्दो छ । केटाकेटी खेलाई जस्तो छ | प्रहरीको मनोबल बढाउने काम गर्छु भनेका गृहमन्त्रीले आफ्नै मातहतका जवानको यसरी गिराएका छन्, त्यो निकै लज्जास्पद छ । आफ्ना जिउँ ज्यानको प्रवाह नगरी जनतालाई बचाउन लागिपरेका हवल्दारलाई १५ सय रुपैयाँ दिएर सम्मानको साटो अपमान गरेका छन् । के यो भिख दिएको हो ? की राज्यसंग पैसा नै छैन ?


सम्मान गर्दै नगर्नु गरे यत्ति लाजास्पत त नगर्नु पर्ने हो | उक्त सम्मानका विषयमा गृहमन्त्रालयका अधिकारीलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘गृहमन्त्रीज्यूले के कसरी गर्नुभयो त्यो मलाई थाहा भएन्,’ गृहमन्त्रालयका सुचनाअधिकारी भविश्वर पाण्डेले भने । ‘जनताको जिउ ज्यानको सुरक्षार्थ आफ्नो ज्यानको बाजी थापेर अगाडी बढेका हवल्दारको सम्मान गर्नु निकै राम्रो विषय हो तर सम्मानमा के कति गर्ने भन्ने कुरा गृहमन्त्रीज्यूलाई नै थाहा होला’ सूचना अधिकारी पाण्डेले भने । उनले यस विषयमा आफुलाई सम्पूर्ण जानकारी नभएको र बुझेर बताउने जनाए । के यो सम्मानले अब अर्को दुर्गा बहादुर बन्ला त ? यो मन्त्रि ज्युले खाल गरेनन की सानो गल्ति भएको भए दुर्गा बहादुरको ज्यान पनि जान सक्थ्यो |

उनको बहादुरीलाई देखेर देश विदेशमा छरिएका सारा नेपालीले सलाम गरे र उहाको प्रशंसा गरे | राज्यले पनि प्रसंसा गर्यो तर पुरष्कारको नाममा एउटा लज्जास्पद काम गर्यो |
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment