२ दिनमै २ करोड “म यस्तो गीत गाउँछु” को सुखद व्यापार



काठमाडाैं । गएको शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले रिलिजको पहिलो दिनदेखि नै सुखद व्यापार गरिरहेको छ । शुक्रवारको तुलनामा शनिवार फिल्म हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको थियो भने आइतवार पनि दर्शकको भिड कम नभएको वितरकले बताएका छन् ।


.
‘म यस्तो गीत गाउँछु’बाट फिल्म वितरणमा समेत हात हालेकी नायिका रेखा थापाले शुक्रवार र शनिवार गरि फिल्मले राजधानीबाट १ करोड २० लाख ग्रस कलेक्शन गरेको जानकारी दिइन् । रेखाले भनिन् शुक्रवार र शनिवार ‘म यस्तो गीत गाउँछु’ राजधानीका मल्टिप्लेक्स र सिंगल हल सबैतिर हाउसफूल थिए ।

.

काठमाडौं बाहिर फिल्म वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार ‘म यस्तो गीत गाउँछु’को दुई दिने कलेक्शन ६० लाख ग्रस रहेको जानकारी दिएका छन् । उनले भने, शुक्रवारदेखि आइतवार दिउँसोसम्म मोफसलका प्रत्येक सिनेमा हलहरु हाउसफूल छन् ।

.
मोफसल र राजधानी गरि ‘म यस्तो गीत गाउँछु’ले दुई दिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको फिल्म वितरकको व्यापारिक रिपोर्ट ले बताएको छ ।

.

फिल्मका मुख्य कलाकारहरु पल शाह, पूजा शर्मा, राजाराम पौडेल, निर्देशक एवं निर्माता सुदर्शन थापा लगायत शुक्रवारदेखि राजधानीका हल हलमा गएर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

.

वर्ष २०७२ मा रिलिज भएको फिल्म प्रेमगीतमा समावेश शिर्ष गीत सापटी लिएर फिल्म निर्माण भएको निर्माण पक्ष्ले जानकारी दिएको छ ।

साउन १ गते, २०७४ – १६:४८ मा प्रकाशित
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment