यसरी लुट्छन् सरकारी कर्मचारी जनता र राज्यको ढुकुटी…

काठमाडौ । जनताको गाँस काटेर जम्मा गरेको राष्ट्रिय ढुकुटीबाट भरणपोषण भइरहेका सरकारी कर्मचारीले उनै जनतालाई कसरी आर्थिक रुपमा चुसिरहेका छन् । साथै राज्यको ढुकुटी कसरी खोक्रो बनाइरहेका छन् भन्ने यो तस्विरबाट प्रष्ट हुन्छ ।


सोझा स्थानीय जनतालाई यीनिहरुले यसरी लुटिरहेको छन् । तस्विरमा तपाईले देख्न सक्नुहुन्छ । यो तस्विर भर्खरै घोषण भएको झापा शनिस्चरे स्थित शनिअर्जुन नगरपालिका कार्यालयको आम्दानी रसिदको हो ।तस्विरमा नगरपालीकाले जारी गरेका दुई प्रति नगदी रसिद देख्न सकिन्छ । जुन कानूनमा व्यवस्था भए बमोजिमको एउटा नागरिक प्रति हो भने अर्को सरकारी रेकर्ड हो । दुवैमा नाम, ठेगाना, सेवाको प्रकार र रसिद नम्बर एउटै छ । सिरियल नम्बर ५९० का उक्त दुवै रसिदमा लेखिएको छ की झापा शनिअर्जुन नगरपालिका वाड नं. ९ का विष्णु कुमार शर्मा भट्टराईलाई मुल्याङ्गकन सिफारिस सेवा दिएवापत नगदी रसिद भरिएको हो भन्ने बुझिन्छ ।


तस्विर -कुमार भट्टराई रासस
तर अब तपाईले दुवै रसिदमा भएको रकम हेर्नुभयो भने अवश्य जिव्रो टोक्नै पर्ने हुन्छ । सरकारी रेकर्ड प्रति सेतो रंगको छाँयाप्रति रसिदमा नागरिक बडापत्रमा उल्लेख भएबमोजिमको ६० रुपैयाँ भरिएको छ भने, नागरिक प्रति पहेलो रंगको रसिदमा ५००० पाँच हजार रुपैया भरिएको छ । यसले के प्रष्ट देखिन्छ भने भ्रष्ट कर्मचारीले नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम रकम भन्दा हज्जारौ गुणा बढी रकम असुलिरहेका छन् ।

यो कसरी सम्भव छ, अब सचेत हुन जरुरी छ सामान्य नागरिकले पनि बुझ्न जरुरी छ । यो रसिद लेख्दा दोस्रो अर्थात कार्यालयको रेकर्ड प्रतिमा कार्वन अर्थात छायाँ प्रति नआउने गरि लेखिएको प्रष्ट बुझिन्छ । किनकी नागरिकलाई दिएको सोही मितिको सोही रसिद नम्बरमा ५००० पाँच हजार लेखिएको छ भने कार्यालयको रकेर्ड प्रतिमा जम्मा ६० रुपैयामा मात्र रकम लेखिएको छ । यहाँ तलमाथी नमिलेको अवस्थामा अक्षर देखिएकाले पछि खाली कुनै कागजमाथी तल कार्वन राखेर राखेर यो कार्यालय रकर्ड प्रतिमा ६० रुपैयाँ भरिएको प्रष्ट बुझिन्छ । अब भन्नुहोस् की एउटै काममा नागरिकबाट ५००० पाँच हजार असुलेर नगरपालिकालाई ६० रुपैयाँ मात्र देखाउने भ्रष्ट कर्मचारीले यो देशको ढुकुटीमा कसरी धमिरा लगाइरहेका होलान् ।

यस्तो अवस्थामा यो देश कसरी विकास र परिवर्तन हुँन सक्छ । यही एउटा तस्विरले समग्र सरकारी कर्मचारको प्रवृतीलाई झल्काउछ । यही कारण भ्रष्ट कर्मचारी मोटाइरहेका छन् । गरिब जनता झनै गरिब बनिरहेका छन् । जसले राष्ट्रको ढुकुटी मात्र रित्याएका छैनन् । जनतालाई समेत आर्थिक रुपमा चुसिरहेका छन् । यो रसिद जस्तै कति रसिद यसरी देशैभरी कहाँकहाँ काटिएको छ अब खोज्ने जिम्मा यही देशकै ती निकायको हो, जसले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने जिम्मेवारी पाएका छन् ।

साथै जनता स्वयं अब सचेत हुन जरुरी छ की आफुलाई लिइएको रकम कुन नियम र परिधिभित्र रहेर लिइएको हो । आफुले पाइरहेको रसिद कस्तो प्रकृतिमा तयार हुँदैछ । जनता स्वयं आफ्नै आँखाले हेरेर मात्र रकम तिर्ने वानीको विकास नभएसम्म यो देशलाई भ्रष्टहरुको चंगुलबाट बचाउन असम्भव छ जनबोलिबाट ।

बुधबार, साउन ४, २०७४ मा प्रकाशित
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment