संसारमा सबैभन्दा बढी चरा पालेर गिनिज बुक अफ वल्र्ड रेकड्र्स



भारतको मैसुरमा बस्ने ७५ वर्षीय डा. गणपति सच्चिदानन्द स्वामी जीले हालै आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ता गराएका छन् । यी स्वामीले संसारमा सबैभन्दा बढी चरा पालेर रेकर्ड राखेका हुन् ।

स्वामी अबधुत दत्ता पितम आश्रमका संस्थापक हुन् । उनले आफ्नो पूरा जिन्दगी चराको रेखदेखमा समर्पित गरेका छन् । गिनिज बुकका अनुसार स्वामीजीले चार सय ६८ प्रजातिका झन्डै २१ सयवटा रंगीविरंगी चरा पालेका छन् । चराहरूको हेरचाहका लागि स्वामीले सन् २०१२ मा सुका वाना नामक पुनरुद्धार केन्द्र पनि खोले ।

स्वामीलाई चरा संकलन गर्ने सोख छ । त्यसैले उनी विश्वका थुप्रै स्थानमा घुमेर चरा खोज्ने गर्दछन् । उनले छुट्टाछुट्टै प्रजातिका चरा आफ्नो आश्रममा ल्याएर पाल्छन् । यति मात्रै होइन उनले घाइते, बिरामी तथा भड्किएका चराहरूलाई पनि आफ्नो आश्रममा आश्रय दिने गर्दछन् । चराहरूको राम्रोसँग हेरचाह गर्नका लागि उनले जंगलको बीचमा चिडियाघर बनाएका हुन् ।

स्वामीलाई चरा पाल्ने विचार त्यसै आएको भने होइन । एउटा यस्तो घटनाका कारण उनमा चरामोह बढेको हो । स्वामी ६ वर्षअघि भेनेजुयला घुम्न गएका थिए । घुम्ने क्रममा कसोकसो खुट्टा चिप्लिएर उनी झन्डै सय मिटर तल खस्न पुगे । जब उनी होसमा आए, तब उनले आफूलाई वरिपरि एक सयभन्दा बढी चराहरूले घेरेर बसेको पाए ।

त्यही दिनदेखि नै उनले उप्रान्त आफू चराहरूको हेरचाहमा लाग्ने निर्णय गरेका थिए । सोही अठोटका कारण उनले चिडियाघर खोलेका हुन् । उक्त आश्रममा स्वामीबाहेक झन्डै ५० जनाले दिनरात चराको हेरचाह गर्ने बताइन्छ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment