दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ



विश्वमा यस्ता पदार्थहरु छन् जो सुनभन्दा कैयौँ गुणा बढि महंगा छन् । केही खानेकुरा देखि लिएर क्रिम र पत्थरहरु यतिधेरै महंगा छन् जसको सानो भन्दा सानो अंश किन्ने कुरा समेत सामान्य मानिसले सोँच्न सक्दैन ।विश्वका सबैभन्दा महंगा १९ वटा पदार्थ यस्ता छन्-१. एन्टी म्याटर-यो यस्तो पदार्थ हो जुन एन्टीपार्टिकल अर्थात विपरित कणबाट बनेको हुन्छ । यस्तो पार्टिकलको पिण्ड सामान्य पदार्थकै जस्तो हुन्छ तर चार्ज भने विपरित हुन्छ । यो पदार्थको मूल्य एक ग्रामको १० खर्ब डलर पर्छ । वैज्ञानिकहरुले यसलाई भविष्यमा अन्तरीक्षयानको इन्धनको रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।

२.क्यालिफोर्नियम २५२-
क्यालिफोर्नियम तत्वको एक आइसोटोपको रुपमा रहेको यो पदार्थको मूल्य एक ग्रामको २ करोड ७० लाख डलर पर्दछ । यसले पानी र तेलबीचको तह छुट्टाउने काम गर्छ ।३. पेइनाइट-यसको मूल्य प्रति ग्राम ३ लाख डलर पर्छ । यो सबैभन्दा दुर्लभ पत्थर हो ।४. हिरा-यो सबैले सुने जानेकै बहुमुल्य पत्थर हो । यसको मूल्य एक ग्रामको ६५ हजार डलर सम्म पर्छ ।
५. ट्राइटियम-
यसको मूल्य प्रतिग्राम ३० हजार डलर सम्म पर्छ र यसको प्रयोग ठूला होटेल, भवनहरुको गेटमा संकेत सूचक चम्किने पदार्थको रुपमा गरिन्छ ।
६. टाफेइट-यसको मूल्य प्रतिग्राम २० हजार डलर सम्म पर्छ । यसलार्य पनि गहनामा पत्थरकै रुपमा प्रयोग गरिन्छ ।
७. प्लुटोयिनम-यसको मूल्य एक ग्रामको झण्डै ४ हजार डलर पर्छ । यसको प्रयोग खासगरी आणविक उर्जा उत्पादन तथा हतियार निर्माणमा हुन्छ ।
८. एलएसडी-यसको मणिभलाई प्रतिग्राम ३ हजार डलर पर्छ ।९. क्रयाक कोकाइन-

यसको मूलय ६ हजार प्रतिग्राम सम्म पर्छ । यो एक प्रकारको लागु औषध हो ।
१०. मेथाफेटामाइन-यसको मूल्य प्रतिग्राम १२० डलर सम्म पर्छ । यसको प्रयोग पनि लागु औषधकै रपमा गरिन्छ ।
११. हेरोइन-उच्चस्तरको हेरोइनको मूल्य ११० डलर प्रतिग्राम सम्म पर्छ ।
१२. क्रिम डे ला मेर-

यो विश्वको सबैभन्दा महंगो क्रिम हो । यसको मूल्य प्रतिग्राम ७० डलर पर्छ ।
१३. गैँडाको खाग-
गैँडाको खाग निकै मूल्यवान हुन्छ र प्रतिग्रामको ५५ डलर सम्म पर्दछ । यसलाई विभिन्न औषधिय प्रयोजनका लागि प्रयो गरिन्छ ।
१४. प्लाटिनम-प्लाटिनमलाई क्यान्सर प्रतिरोधी औषधि निर्माणका साथै गरगहना तथा वैज्ञानिक प्रयोगमा समेत उपयोग गरिन्छ । यसको मूल्य एक ग्रामको ४८ डलर पर्छ१५. रोडियम-कार्वन उत्सर्जन कम गर्ने पदार्थको रुप्मा इन्जिनमा समेत प्रयोग गरिने यो तत्वको मूल्इ प्रतिग्राम ४५ डलर पर्दछ ।

१६. सुन-
मूल्यका हिसाबले सुन विश्वको १६ औँ मूल्यवान पदार्थमा पर्दछ । गहना मात्र नभै अन्य विभिन्न विद्युतिय प्रयोजनमा समेत प्रयोग हुने सुनको मूल्य एक ग्रामको झण्डै ४० डलर पर्दछ ।१७. इरानी बेलुगा काभियार-अल्मास समेत भनिने यो बहुमुल्य माछाको अण्डा हो । यी अण्डा निकै स्वादिष्ट मानेर खाइन्छ र यसको मूल्इ प्रतिग्राम ३५ डलर पर्छ ।१८. स्याफ्रोन (केसरी)-यो विश्वको सबैभन्दा महंगो फूल हो । औषधी निर्माणमा प्रयोग गरिने यो फूलको मूल्य प्रति ग्राम ११.१३ डलर पर्छ ।१९. ह्वाइट ट्रफल्स-यो विश्वको सबैभनदा महंगो च्याउ हो । यसको मूल्य एक ग्रामको ५ डलर पर्छ
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment