महानायक राजेश हमालको आज जन्मदिन, ५३ वर्ष लागे

लोकप्रिय अभिनेता राजेश हमालको आज जन्मदिन । हमाल जेठ २६ गतेदेखि ५३ वर्ष लागेका छन् । नेपाली चलचित्रमा २५ वर्षअघि ‘युगदेखि युगसम्म’ बाट आफ्नो क्यारियर सुरु गरेका राजेश सबैभन्दा धेरै नेपाली चलचित्र अभिनय गर्ने अभिनेतामा पर्छन् ।

जन्मदिनको अवसरमा चलचित्रकर्मीहरूले सामाजिक सञ्जालमार्फत राजेश हमाललाई शुभकामना दिएका छन् । पछिल्लो समय नेपाली चलचित्र अभिनयभन्दा पनि विभिन्न इभेन्ट र टेलिभिजनको कार्यक्रममा राजेश व्यस्त हुँदै गएका छन् । जन्मदिनको अवसरमा राजेश हमाललाई मिडिया एनपी परिवारको शुभकामना ।


Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment