नेपालीका लागि भारत सरकारले दार्जिलिंगमा “गोर्खाल्याण्ड” नदिएकै राम्रो : कारण यस्तो छ

हामी सबैले थाहा पाएकै छौं, गोर्खा विश्व भरि चर्चित शब्द हो जसलाई सम्झिदा बित्तिकै विश्व भरिका मान्छे हरुले बाहदुर गोर्खा, नेपाली गोर्खा भनेर चिन्ने गर्दछन ! गोर्खा वास्तवमै को हुन् के भारतले गोर्खा राज्यको छुटै नाम राख्न जरुरि छ ? गोर्खाको परिभाषा यस्तो छ:

गोर्खाली वा गोरखाली नेपालमा बसो बास गर्ने बासिन्दा हुन। यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए। उनका शिष्य बप्पा रावलले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर मेवाड, राजस्थान (राजपुताना) मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर पुर्बतिर बढ्दै गये र गोरखामा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै नेपाल अधिराज्य स्थापित गरे।

गोरखा जिल्ला आधुनिक नेपालको ७५ जिल्लाहरू मध्य एक हो। गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू नेपाली आर्मी भारतीय आर्मीको गोरखा रेजिमेन्ट र ब्रिटिश आर्मीको गोरखा ब्रिगेजको लागि पनि खुबै जानिन्छन्।गोर्खालीहरूलाई ब्रिटिश भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू। नेपाल को पाहाद को खस, मगर र गुरुङ पुर्बको गोर्खाली हो। पछि पछि लिम्बू,राई,थकुरी,तामङ जाती थोपिइयेको हो।

गौतम बुद्ध जस्तै गोर्खाको इतिहास गुम्ने डर

गौतम बुद्ध भारतमा जन्मिएको हुन् भनेर विश्वका अधिकांस देशहरुले मान्दै आएका छन् यति मात्रै हैन कि गौतम बुद्ध प्रति आस्था राख्ने ठुला देश चिन तथा जापानका धेरै नागरिक हरुले गौतम बुद्ध भारतमै जन्मिएको हुन् भन्छन र उनीहरुले सानै देखि त्यहि पढेर आएका छन !

गौतम बुद्धको बारेमा भारतले यति धेरै पर्चार गरिसकेको छ कि धेरै देश हरुले नेपालमा जन्मेका हुन् भनेर विस्वासनै मान्दैनन ! त्यसैपनि भरतीय प्रधानमन्त्रि नरेन्द्र मोदी अमेरिका भ्रमण जाँदा होस् अन्य कुनै ठुलो भ्रमणमा गौतम बुद्धको देश भारत भनेर आफ्नो भाषणमा भन्दै आएका छन् !बुद्ध नेपालमा जन्मिएको हुँदा हुदै पनि हामी नेपाली हरु बुद्ध वज बर्न इन नेपाल भनेर यो शताब्दीमा प्रचार गर्दै हिड्नु पर्ने विडम्बना आएको छ ! कारण भारतले माथिल्लो तह बाटै बुद्ध भारतमा जन्मिएको हुन् भनेर प्रचार गर्छ !

दार्जिलिंग गोर्खाल्याण्ड बने गोर्खाली भनेको भारतीयनै हुन्छन ! गौतम बुद्ध जस्तै गोर्खाको प्रचार गर्नु पर्ने समय आउने छ !सक्छौ भारतीय जस्तो देखिने मधेसीलाई मायाँ गर सक्दैनौं नेपाली जस्तो देखिने इन्डियनलाइ समर्थन नगर
जसरि अहिले गौतम बुध भारतमा जन्मिएका हुन् भनेर भ्रम फैलिएको छ पछी के थाहा भविस्यमा गोर्खाल्याण्डकै कारण विश्व प्रख्यात गोर्खा हरु भारतिय हुन् भन्ने भ्रम नाफैलेला भन्ने के छ र ?

भविस्यमा विश्वभर नाम कमाएको गोर्खा भारतीय हुन् भनेर भ्रम फैलन सक्छ र तिनीहरु संग लगभग आजको २०-३० बर्ष पछी प्रमाणनै भैसकेको हुन्छ किनकि उनीहरु संग गोर्खा नाम गरेको एउटा छुटै राज्यनै भैसकेको हुन्छ !

दार्जिलिंगकै कुरा गर्दा त्यहाका नेपाली भाषी हरु जो आफुलाई नेपाली भन्न रुचाउदैन्न, भारतीय हुनुमा गर्व गर्छन तिनीहरुलाई हाम्रो पुर्खाले कमाएको विश्व प्रसिद्द नामनै किन राख्न दिने ?
नेपाली भाषा बोल्छन, नेपाली संग धेरै कुरा मिल्छ उनीहरुलाई त्यहाको छुटै प्रदेश चाहिन्छ भने अर्कै नाम राखून न त् त्यसमा हामीलाई कुनै गुनाशो छैन ! गोर्खा शब्द उपयोग गर्ने अधिकार मात्र नेपाली हरुले पाएका छन् ! गोर्खाली नाम कमाउन हाम्रा पुर्खाले रगतको नदि बगाएका थिए त्यसैले म दार्जिलिंगमा गोर्खाल्याण्ड नहोस भन्ने कामना गर्छु !

दार्जिलिंगमा बस्ने नेपाली हरुले पाउनु पर्ने अधिकार पाउनै पर्छ भन्नेमा मेरो पनि समर्थन छ तर उनीहरुले राखेको गोर्खा ल्याण्डको नामांकरण नेपाली हरुको लागि उचित हुने छैन ! आज भन्दा २० वर्ष पनि जन्मिएको नेपालीले हामी बाहदुर गोखालिको छोरा हौँ भनेर गर्व गर्ने ठाउँ त्यो आजको दार्जिलिंगले लिसको हुने छ !

हाम्रा पछी आउने पुस्ता हरुले उतिबेलाको सामाजिक संजालमा #RealGorkhaAreNepalese भनेर फेरी विश्व समू प्रचार गर्न नपरोस ! अहिलेनै सम्बन्धित निकायले ध्यान दिन जरुरि देख्दै छु म !

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment