पृथ्वी कै सबैभन्दा ठुलो खाडलः जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोड भन्दा बढीको हिरा

एजेन्सी – वर्षाको समयमा सडकमा खाडल पर्‍यो भने सबैलाई सरकारको आलोचना गर्छन् । त्यसमाथि पनि शहरमा यस्ता खाडल भएमा त सरकारको धज्जी उडाइन्छ । तर तपाइँलाई पत्यार नलाग्न सक्छ शहरमै रहेका कतिपय खाडल भने भयंकर मूल्यवान पनि हुन सक्छन् ।
हो यस्तै उदाहरण खाडल छ पूर्वी साइवेरियामा । हिराको शहर भनिने ‘मिर माइन’ मा रहेको यस्तो खाडल यति मूल्यबान छ कि यसको सुरक्षाका लागि हजारौं सैनिक तैनाथ छन् । यहाँ हेलिकोप्टरले सुरक्षा गस्ती गरिरहन्छन् । तर यो खाडल भित्र हेलिकोप्टर पनि खस्ने गरेको भन्दै केही टाढाको दुरीबाट मात्र उडाउने गरिएको छ ।
यो बहुमूल्य खाडल १७२२ फिट गहिरो छ भने एक माइल ब्यास छ । खुला हिरा खानीकोरुपमा रहेको भएपनि सन् २००४ देखि यहाँ माथिबाट हिरा खोज्न प्रतिबन्ध लगाइएको थियो ।सन् २०१४ मा ६ मिलियन क्यारेट रफ हिरा भेटिएको यो खानीबाट एक वर्षमा करिव २ लाख क्यारेट हिरा निक्लिन्छ । यसको मूल्य २ करोड पाउण्ड अर्थात २ खर्व भन्दा बढी पैसा मूल्य हुन आउँछ ।यो हिरा खानीको मालिक रुसी कम्पनी अलरोसा हो । यो कम्पनीले संसारभरिमा उत्पादन हुने मध्ये १ चौथाइ हिरा उत्पादन गर्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment