१० वर्षमा १० प्रधानमन्त्री, को–को ? विश्लेषक के भन्छन् ? (भिडियो रिपोर्ट)


सुशनसर्जन रामदाम/रक्षा बज्राचार्य (इमेज): काठमाडौं, जेठ २३ । नेपालमा राजतन्त्र अन्त्य भइ गणतन्त्र स्थापना भएको एक दशक भएको छ । गणतन्त्रको १० वर्षे यात्राकाक्रममा शेरबहादुर देउवा दशौं प्रधानमन्त्री बनेका छन् ।


समग्र सूचीमा भने देउवा मुलुकको ४०औं प्रधानमन्त्री बनेका हुन् । मुलुकको संक्रमणकालीन राजनीतिक अवस्थाको उपज नै सत्ताको नेतृत्व परिवर्तन प्रमुख कारक रहेको विश्लेषकहरुको बुझाइ छ ।

गणतन्त्रलाई संस्थागत गर्दै संविधान लेखन र कार्यान्वयनभन्दा पनि सत्ता लुछाचुँडीमै दलहरुले समय कटाउँदा छिटो–छिटो नेतृत्व परिवर्तन भएको हो ।

योबीचमा कांग्रेसका तर्फबाट तीन, एमालेका तर्फबाट तीन र माओवादीका तर्फबाट तीनपटक प्रधानमन्त्री बन्ने अवसर नेताहरुले पाएका छन् ।

यहीबीचमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशसमेतले कार्यकारी प्रमुख हुने मौका पाए ।

राजनीतिलाई सेवाभन्दा पनि उद्योगकोरुपमा विकास गरेकै कारण मुलुकले अस्थीरता व्यहोरेको र १० वर्षमा १० प्रधानमन्त्री पाएको राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले बताए ।

२०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो ।

२०६५ भदौ २० गते पहिलो संविधानसभाको निर्वाचनपछि माओवादी पहिलो पार्टी बनेपछि पुष्पकमल दाहालको नेतृत्वमा ९ महिना सरकार चल्यो ।

२०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री बने भने २०६७ माघ २३ गते नै माधव नेपाल सरकारलाई प्रतिस्थापन गर्दै सोही दलका अर्का नेता झलनाथ खनालले सरकारको नेतृत्व गरे ।

खनाल नेतृत्वको सरकार चयन गर्दा कांग्रेस, माओवादी र एमालेका तीनैजना सत्तादौडमा लागे । तर, प्रधानमन्त्री चुन्नकै लागि १८ पटकसम्म त प्रधानमन्त्रीको निर्वाचन नै भयो ।

२०६८ भदौ १२ गते डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । तर, दलहरुबीच अविश्वास बढ्दा बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलेसमेत मन्त्रिमन्डलको अध्यक्षता गरे ।

२०७० माघ २९ मा शुशील कोइराला, २०७२ असोज २५ गते केपी शर्मा ओली, २०७३ साउन १९ गते पुष्पकमल दाहाल प्रधामन्त्री बने ।

‘थ्रेसहोल्ड’को उपयुक्त कार्यान्वयन गर्नसके र नेतृत्वमा राजनीतिक चेतना विकास भएमा राजनीतिक अस्थीरता हट्ने डा.केसीको भनाइ छ ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख चुनौती भागबन्डा मिलाउनुमै हुने पनि केसीको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment