गड्यौला खेतीबाट महिलाको आम्दानी मासिक लाख भन्दा पनि धेरै (किशनलाइ प्रोत्साहन स्वरूप सेयर गरौँ)



कुनै समयमा गड्यौलाबाट घिनाउने भारदेउका महिला अहिले गड्यौलाको व्यावसायिक खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। गड्यौलाबाट कम्पोष्ट मल बनाइ बिक्री गर्ने उनीको दैनिकी नै बनेको छ।पाच जना महिला मिलेर भारदेउमा गड्यौला खेतीबाट कम्पोष्ट बनाउने गरेका छन्। थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी हुन थालेपछि महिलाहरू उत्साहित भएर गड्यौला खेतीतर्फ लागेका हुन्।

भारदेउकी लक्ष्मी श्रेष्ठले ३ दिने तालिम लिएर गड्यौला खेती गरेको बताउनुहुन्छ । धेरै समय नदिए पनि कमाई राम्रो हुने भएपछि खुशी लागेको उहा“को भनाइ छ। ‘महिनामा ४÷५ दिन बढी मेहनत गर्नुपर्छ नत्र अरु बेला एकछिन ध्यान दिए पुग्छ।’ उहा“ले भन्नुभयो। १६ रुपिया“ किलो कम्पोष्ट मल बिक्री गर्ने उहा“ले जानकारी दिनुभयो।

मलबाट राम्रो आम्दानी हुन थालेपछि यहाका स्थानीयबासी गड्यौला खेती गर्न तम्सिएका छन्। गड्यौलाबाट तीन महिनामा मल निस्कन्छ। ‘अरु वस्तु पालेजस्तो गड्यौला पाल्न दुःख छैन्।’ उहा“ले भन्नुभयो। कमाइ राम्रो हुने भएपछि सुन्तली श्रेष्ठ पनि गड्यौला खेतीतर्फ आकर्षित हुनुभएको छ। श्रेष्ठले शुरूमा गड्यौला खेती गर्छन् भन्ने थाहा नपाए पनि खेती शुरू गरेपछि राम्रो आम्दानी हुन सकेकोमा दंग पर्नुभएको छ।

४ वर्षअघिदेखि गड्यौला खेती गर्दै आउनुभएकी सरस्वती श्रेष्ठ एक लटमा ४ सयकेजी मल उत्पादन हुने गरेको बताउनुभयो। मल बिक्री गर्न कुनै समस्या नरहेको उहाले बताउनुभयो। ‘गाउ“मै मल किन्नेको होडबाजी चलेको छ, बाहिर बिक्री गर्न लैजानुपर्दैन,’ उहाले भन्नुभयो।

कम्पोष्ट मलको व्यावसायिक खेती शुरू भएपछि यहा रसायानिक मलको प्रयोग पनि शून्यमा झरेको छ। सबैले कम्पोष्ट मल नै प्रयोग गर्न थालेपछि रसायानिक मलको प्रयोग घट्दै गएको हो । गोपेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष कमला श्रेष्ठले गड्यौला खेती शुरू भएपछि गाउको मुहार नै फेरिएको बताउनुहुन्छ। ‘यहा“ कम्पोष्ट मल प्रयोग बढ्नुका साथै उत्पादनसमेत बढेको छ।’ यहा“ उत्पादित तरकारी लगनखेल,काठमाडांैैलगायतका क्षेत्रमा पुग्ने गरेको छ। सहकारीकी अध्यक्ष सम्झना श्रेष्ठले भारदेउ गाविसका ३ सयभन्दा बढी महिला कृषि पेशा अपनाएर आम्दानी गर्न सफल भएको बताउनुभयो। सबै सहकारीमा आबद्व भएर सहकारीबाट सहुलियतमा ऋण लिई महिलाले आर्थिक क्रियाकलापमा वृद्धि गरेका हुन्। यहाका महिला कृषि व्यवसाय अपननाएर आत्मनिर्भर बनेको उहाको भनाइ छ।

यो पनि पढ्नुहोस   च्याउ खेतीबाट मासिक लाख रुपियाँ आम्दानी ! विदेश जाने सोचमा हुनुहुन्छ ? एक नजर यता लगाउनुस
सधैं चुलोचौकोमा सीमित रहने महिलाहरू विगत केही वर्ष यता सल्फ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक उपाजर्न गर्न सफल भएका हुन्। ्
सल्फ नेपालकी नरमाया रानामगरले महिलाको आर्थिक उपार्जनका लागि काम गर्ने भएकाले सहकारीमार्फत् आफ्ना कार्यक्रम अघि बढाएको बताउनुभयो। ‘हामी महिलाको आयआर्जन वृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दैै आएका छौं,’ उहा“ले भन्नुभयो। गोपेश्वरी सहकारीले ३६ लाख १९ हजार ४ सय २३ रुपिया कर्जा परिचालन गरेको छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment