सात वर्षीय बालक ‘रेटिनोब्लस्टोमा’ रोगका कारण खान र बोल्न सक्दैनन्

पूर्वी पाकिस्तानस्थित पाकपट्टान जिल्लाको एक बिघट गाउँमा अलि हसन नाम गरेका ती सात वर्षिया बालकको आँखाको नानीबाट पलाएको उक्त ट्युमरलाई मेडिकल भाषामा ‘रेटिनोब्लस्टोमा’ भनिन्छ ।

लाहोरबाट २०७ किमि टाढा रहेको उक्त गाउँमा परिवारसंगै बस्ने अलिको आँखाको नानी बढ्दै गएपछि ठूलो भएर ट्युमरको रुपमा देखापरेको उनका बाबु मोहम्मद मान्साले बताएको डेली मेल अनलाइनले उल्लेख गरेको छ ।

अलिको दाहिने आँखामा बढ्दै गएको मासुको डल्लोलाई उपचार गर्न लाहोरसम्म पुगेको तर, मेडिकल रिर्पोर्ट अस्पष्ट आएको भन्दै चिकित्सकहरुले केहि वर्ष कुर्नुपर्ने बताएको उनको बाबु बताउँछन् ।

मोहम्मदका अनुसार अलिको आँखाबाट बिस्तारै बढ्दै गएको उक्त ट्युमरका कारण नाक, कान, मुखलाई समेत असर गर्दै आएकाले राम्रोसंग खान र बोल्नसमेत नसक्ने भएका छन् अलि ।

डेली मेलले अलिको जस्तै ट्युमर पपुवा न्यु गिनियाका तीन वर्षिया बालकमा पनि देखा परेकोे उल्लेख गरेको छ ।

अलिलाई देखिएको ‘रेटिनोब्लस्टोमा’ भनिने रोगले हरेक २० हजार नयाँ जन्मेका बालकलाई प्रभाव पारीरहेको र यसले बालवालिकामा आँखाको क्यान्सरको जोखिम बढाउने डा.म्यारी लोर्थले प्यासेन्टडटइन्फोमा लेखेकी छिन् ।

डा.लोर्थका अनुसार आँखाको क्यान्सर हुने मुख्य कारणमध्ये ‘रेटिनोब्लस्टोमा’ एक हो । यस रोगको समयमै उचित उपचार गर्न सकिएन भने बाँच्ने संभावना निकै न्यून हुन्छ ।

चाइल्डहुड क्यान्सर ट्रस्टका कार्याकारी प्रमुख प्याट्रिक टोन्क्सले ‘रेटिनोब्लस्टोमा’ बालवालिका हुने क्यान्सरको आक्रामक तर एकदमै दुर्लब रोग रहेको बताए । उनले भने, –‘भागयबस समयमै उचित उपचार गर्न सकियो भने यो रोगबाट वालवालिकालाई बचाउन सकिन्छ ।’

नेशनल हेल्थ सर्भिस वेलायतका अनुसार यो रोग विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालवालिकामा देखा पर्दछ । विकसित मुलुकमा यस्तो प्रकारको रोगको उपचार ९८ प्रतिशत सफल हुने गर्दछ । तर, पनि विश्व कैयौँ वालवालिकामा देखा परेको यस रोगको समयमै उचित उपचार गर्न नसक्दा आँखाको क्यान्सरका कारण अकालमै ज्यान गुमाउनु परेको छ ।

रेटिनोब्लस्टोमा भनेको आँखाको रेटिनामा हुने क्यान्सर रोग हो । आँखाको कालो भाग वरीपरी हुने प्रकाश संवेदनसिल रेखामा यसले अवरोध गर्दछ । यसले एक वा दुबै आँखालाई प्रभाव पार्दछ ।

यो रोग लाग्नुको कारण ४० प्रतिशत आफ्नो वंशाणुगत गुणमा आएको दोष रहेको एनएचएसले उल्लेख गरेको छ ।

एनएचएसका अनुसार यस रोगको उपचार सानो ट्युमर भएमा लेजर थेरापी र ठूलो ट्युमर भएमा केमोथेरापी तथा शल्यक्रियाबाट गर्नुपर्ने उल्लेख गरेको छ ।

विशेषगरी वालवालिकामा यसको लक्षण फोटो खिच्दा बिरालोको जस्तो देखिने आँखाको नानीमा हेर्दा स साना मासुको डल्ला देखिन सकिने उल्लेख गरेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment