नेपाल र नेपालीको नाम खराब हुने काम कहिले नगर्नु-मनिषालाइ शाहरुखको सुझाव(भिडियो).सक्दो सेयर गरौ

बलिउड अभिनेता शाहरुख खानले मनिषा कोइरालाको नयाँ फिल्म ‘डियर माया’ को प्रशंसा गरेका छन्। प्रशंसा मात्र होइन, शाहरुखले अरुलाई मनिषाको फिल्म हेर्न आग्रह समेत गरेका छन्।

उनले आफ्नो ट्वीटर मार्फत् भनेका छन्, ‘मेरी साथी मनिषाको नयाँ फिल्म ‘डियर माया’ रिलीज भयो। उनी धेरै कुरामा कसैले कल्पना गरेभन्दा पनि बढी सुन्दर छन्। कृपया गएर उनको फिल्म हेर्नुहोस्।’

सुनैना भाटनगरको फिल्म ‘डियर माया’ का लागि शाहरुखले मनिषालाई शुभकामना पनि दिएका छन्। शाहरुख र मनिषाले सन् १९९५ मा गुड्डु र १९९८ मा दिल से र अचानक फिल्ममा सँगै काम गरेका थिए। मनिषाले शाहरुख, सलमान र आमिर तीनै खानसँग काम गरिसकेकी छन्।

‘डियर माया’ हिजो शुक्रबार भारतमा रिलीज भएको हो। बलिउडले मनिषाको कमब्याकलाई खुला हृदयले स्वागत गरेको छ। विगतमा उनीसँगै काम गरेका कलाकारले उनलाई सार्वजनिक रुपमै बधाइ र शुभकामना दिइरहेका छन् जुन अत्यन्तै प्रतिस्पर्धी बलिउडको निम्ति विरल घटना हो।

शाहरुखको सन्देश त्यसैमध्ये एक हो। मनिषा बलिउडमा अमिताभ बच्चनदेखि दिलिप कुमार, राजकुमार र अहिलेका चर्चित तीनै जना खानसँग काम गर्ने कम अभिनेत्रीमध्ये पर्छन्। उनले बलिउडका एकसेएक चर्चित निर्देशकहरुसँग काम गरेका छन्। त्यही भएर पनि उनको फिल्मी करिअर कम समयमै सबैको सम्झनामा छ। उनको यो फिल्मले समीक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment